नेभिगेशन
समाज
elephant

झापामा जङ्गली हात्ती आतंक : प्रधानमन्त्री कार्यालयकाे निर्देशनमा ‘स्पेसल टास्क फोर्स’ परिचालन हुँदै

काठमाडौँ । झापामा जङ्गली हात्तीको आतङ्कबाट सर्वसाधारणको जीउधनको सुरक्षा गर्न जिल्लामा विशेष सुरक्षा दस्ता अर्थात् ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने भएको छ।

प्रधानमन्त्री कार्यालयको निर्देशनमा यो फोर्स गठनको प्रक्रिया अघि बढेको झापा १ की प्रतिनिधिसभा सदस्य निशा डाँगीले जानकारी दिइन् । उनकाअनुसार प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायहरूलाई प्रक्रिया अघि बढाउन निर्देशन दिइसकेको छ र अब प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ले यसको परिचालनका लागि आवश्यक समन्वय गर्नेछन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

घटनाको पृष्ठभूमि

गत हप्ता मेचीनगर नगरपालिका–४ मा ६२ वर्षीया पद्मा पौडेलको आफ्नै आँगनमा हात्तीको आक्रमणबाट मृत्यु भएपछि स्थानीयवासी आन्दोलित भएका थिए। उनीहरूले जीउधनको सुरक्षाका लागि सरकारले तत्काल समाधानमुखी कदम चाल्नुपर्ने माग राख्दै आएका छन्। सोही घटनापश्चात् सांसद निशा डाँगी र राष्ट्रियसभा सदस्य रोशनी मेचेले संसद्मा जङ्गली हात्ती नियन्त्रण गरी नागरिकको सुरक्षा गर्न सरकारसँग ठोस कदमको माग गरेका थिए । 

Ncell
Extreme Energy

कसरी काम गर्छ ‘स्पेसल टास्क फोर्स’ले?

सांसद डाँगीका अनुसार यस फोर्समा सशस्त्र प्रहरी, नेपाल प्रहरी र सशस्त्र वन रक्षकलाई सामेल गराइनेछ। यसको प्रत्यक्ष परिचालन र कमान्ड प्रमुख जिल्ला अधिकारी आफैँले गर्ने कार्ययोजना बनेको छ।

कार्यक्षेत्र: यो टोलीलाई हात्तीको मुख्य प्रवेशद्वार मानिएको मेचीनगरको सीमावर्ती बाहुनडाँगी क्षेत्रमा खटाइनेछ। सो क्षेत्रबाट भारतको आसाम र पश्चिम बङ्गालका वनहरू हुँदै एकैपटकमा ३० देखि १०० वटासम्म जङ्गली हात्तीको बथान नेपाल प्रवेश गर्ने गरेको छ।

सुरक्षाकर्मीको सङ्ख्या: फोर्समा कति सुरक्षाकर्मी परिचालन हुने भन्नेबारे अन्तिम यकिन हुन बाँकी छ। सांसद डाँगीले ५० जना सुरक्षाकर्मीको माग गरिएको र सुरुमा कम्तीमा १० जना अनुभवी तथा तालिमप्राप्त सुरक्षाकर्मीबाट काम थाल्न सुझाव आएको बताइन् ।

चुनौती: झापा वन्यजन्तु आरक्ष क्षेत्र नभएकाले हात्ती नियन्त्रणका लागि सिधै सुरक्षाकर्मी परिचालन गर्ने कानुनी प्रक्रिया सहज छैन। यसबाहेक, सशस्त्र र नेपाल प्रहरी सङ्घीय सरकार मातहत छन् भने सशस्त्र वन रक्षक प्रदेश सरकार मातहत रहेकाले तीनवटा निकायबीच समन्वय गर्न प्रजिअले नेतृत्व लिनेछन्।

स्थानीयमा उत्साह

मेचीनगरमा ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिने खबरले वर्षौँदेखि हात्ती पीडित बन्दै आएका स्थानीयवासी उत्साहित भएका छन् । मेचीनगर नगरपालिका–४ का वडाध्यक्ष अर्जुन कार्कीले सरकारको यो कदम स्वागतयोग्य रहेको बताउँदै हात्ती नियन्त्रणका लागि विशेष प्रशिक्षण प्राप्त सुरक्षाकर्मी नै खाइनुपर्नेमा जोड दिए ।

त्यस्तै, तत्कालीन बाहुनडाँगी गाउँ विकास समितिका अध्यक्ष नीलकण्ठ तिवारीले भारतीय क्षेत्रबाट हात्तीको बथान भित्रिन नदिन र स्थानीयवासीलाई सुरक्षित महसुस गराउन सरकारले ठोस कार्ययोजनासहित काम गर्नुपर्ने सुझाव दिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...
मुख्य नाकामा सडक भासिएपछि स्थलमार्गबाट सोलुखुम्बुमा आवागमन बन्द

मुख्य नाकामा सडक भासिएपछि स्थलमार्गबाट सोलुखुम्बुमा आवागमन बन्द

सडक भासिएसँगै सोलुखुम्बुबाट काठमाडौँ तथा कोशी प्रदेशको राजधानी विराटनगरतर्फ जाने र ती क्षेत्रबाट सोलुखुम्बु भित्रिने यातायात सेवा प्रभावित भएका प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरले जानकारी दिए । उनका...
वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध

पृथ्वीराजमार्गको कृष्णभीर, चौकीभीर, जवाङखोला, फिस्लिङलगायत सडकखण्ड अवरुद्ध भएका छने । सो खण्ड अवरुद्ध हुँदा मुलुकका विभिन्न स्थानबाट देशको राजधानी काठमाडौँ आउने सवारीसाधन प्रभावित भएका छन् । लगातारको वर्षाका...
पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

पहिरोले घर पुरिँदा ताराखोलामा एक जनाको मृत्यु

गएराति घरमाथिबाट खसेको पहिरोमा पुरिएर ताराखोला गाउँपालिका–५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।