नेभिगेशन
मुख्य समाचार

अध्ययन बिदामा गएर विदेशको पीआर लिने कर्मचारीमाथि भूमिमन्त्री रावलको एक्सन, सोधियो स्पष्टीकरण

काठमाढडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदाको दुरुपयोग गरी विदेशी राष्ट्रको पीआर लिने कर्मचारीमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

भूमिमन्त्री प्रतिभा रावलले अध्ययन गर्न जाने भनेर तलबी बिदामा विदेश गएका कर्मचारीहरु उतैको पीआर लिएर बस्नु गम्भीर राष्ट्रघात भन्दै त्यस्ता कर्मचारीमाथि कारबाही अगाडि बढाउन निर्देशन दिएकी हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रीको निर्देशनसँगै मन्त्रालयले कारबाही अगाडि बढाएको छ । विहीबार मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर अध्ययन बिदा/ असाधारण बिदा समाप्त भए पश्चात् पनि  आफ्नो पदाधिकार रहेको कार्यालयमा अनुपस्थित रही विदेशी मुलुकको स्थायी आवासीय अनुमती लिई/लिन आवेदन दिई निजामती सेवा ऐनअनुसार कसुर गरेको देखिएको भन्दै १५ दिनभित्र सफाइ पेश गर्ने सम्बन्धी सूचना सार्वजनिक गरिएको हो । 

Ncell
Extreme Energy


कानुनमा निजामती कर्मचारीले स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त गर्नको लागि आवेदन दिन नहुने भनिएको छ । मन्त्रालयले दफा ५९ (ख) (२) बमोजिम सजाय गर्नुनपर्ने उचित आधार र कारण सहित १५ दिनभित्र सफाइ पेश गर्न भनिएको छ । दफा ५९ (ख) (२) अनुसार भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिनेगरी सेवाबाट बर्खास्त गर्ने व्यवस्था छ । 

मन्त्रालयमा कार्यरत रहेका कम्प्युटर अपरेटर कुमारी लामा र दिपेश तामाङले पीआरको प्रक्रिया अगाडि बढाएका हुन् । जसमा लामाले अस्थायी आवासीय अनुमति पाएका छन भने तामाङले स्थायी अनुमतिको आवेदन दिएका छन्  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

कांग्रेस महाधिवेशनको बन्दसत्रका एजेन्डा तय गर्न केन्द्रीय कार्यसमिति बैठक शुरू

नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक शुरू भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै

सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै

सर्वोच्च अदालतका न्यायाधीश नियुक्त गर्न न्याय परिषद्को बैठक बस्दै छ ।

भर्खरै