नेभिगेशन
समाज

३० वर्षपछि दोलखा फर्काइयो चोरी भएका आकाश भैरव (हाँथ्व देउ) का ऐतिहासिक मुकुण्डो (तस्बिरहरु)

काठमाडौँ । करिब तीन दशकअघि दोलखाबाट चोरी भई अमेरिकाका संग्रहालयसम्म पुगेका आकाश भैरव (हाँथ्व देउ) का दुई ऐतिहासिक मुकुण्डो अन्ततः आफ्नै समुदायमा फर्किएका छन्। राष्ट्रिय संग्रहालय, छाउनीमा बुधबार आयोजित कार्यक्रममा उक्त मुकुण्डो दोलखाका स्थानीय समुदायलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। दोलखाको नक्छे प्रधान परिवारको कुलघरबाट वि.सं. २०५० फागुन २२ र २०५१ फागुन २४ गते चोरी भएका यी मुकुण्डो अमेरिकास्थित डलास म्युजियम अफ आर्ट र रुबिन म्युजियम अफ आर्टमा रहेको तथ्य सार्वजनिक भएपछि फिर्ता ल्याउने अभियान सुरु भएको थियो। सम्पदा संरक्षण अभियन्ता अनिलचन्द्र श्रेष्ठले वि.सं. २०७४ मा इन्द्रजात्राको अवसरमा सामाजिक सञ्जालमा पुराना तस्बिर सार्वजनिक गरेपछि हराएको सम्पदाबारे पुनः चर्चा सुरु भएको थियो। त्यसपछि विभिन्न प्रमाण संकलन, अनुसन्धान र ‘लस्ट आर्ट्स अफ नेपाल’ को सहयोगमा मुकुण्डो अमेरिकाका संग्रहालयमा रहेको पुष्टि भएको थियो। मूर्ति चोरीसम्बन्धी पुराना अभिलेख, प्रहरीमा दर्ता भएका जाहेरी तथा ऐतिहासिक तस्बिरहरू संकलन गरी नेपाल सम्पदा संरक्षण अभियानमार्फत पुरातत्व विभागमा आधिकारिक प्रक्रिया अघि बढाइएको थियो। त्यसपछि नेपाल हेरिटेज रिकभरी क्याम्पेन, पुरातत्व विभाग र अमेरिकी निकायबीचको समन्वयमा कानुनी प्रक्रिया अघि बढाइएको थियो। न्यूयोर्क महान्यायाधिवक्ताको कार्यालयले आवश्यक प्रमाणका आधारमा दुवै संग्रहालयबाट मुकुण्डो जफत गरी वि.सं. २०८० मंसिर १८ गते न्यूयोर्कस्थित नेपाली वाणिज्य दूतावासलाई हस्तान्तरण गरेको थियो। ‘नेवाः गुठी न्यूयोर्क’ को सहयोगमा ती मुकुण्डो नेपाल ल्याइएका थिए। त्यसपछि राष्ट्रिय संग्रहालय, छाउनीमा संरक्षण तथा प्रदर्शनका लागि राखिएको थियो। बुधबार आयोजित कार्यक्रममा स्थानीय समुदायका सदस्यहरूले पूजा–आराधना गरेपछि मुकुण्डो समुदायलाई पुनःस्थापनाका लागि हस्तान्तरण गरिएको हो। अब उक्त सम्पदा दोलखास्थित आफ्नो मौलिक स्थानमा पुनःस्थापना गरिने जनाइएको छ।
तस्बिरः नेपाल फोटो लाईब्रेरी

Dolakha-Aakash-Bhairav-Nepal-photo-library-09-1781771769.JPG

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Dolakha-Aakash-Bhairav-Nepal-photo-library-05-1781771767.jpg

Ncell
Extreme Energy

Dolakha-Aakash-Bhairav-Nepal-photo-library-06-1781771767.jpg

Dolakha-Aakash-Bhairav-Nepal-photo-library-03-1781771766.jpg

Dolakha-Aakash-Bhairav-Nepal-photo-library-04-1781771766.jpg

Dolakha-Aakash-Bhairav-Nepal-photo-library-07-1781771768.jpg

Dolakha-Aakash-Bhairav-Nepal-photo-library-08-1781771768.jpg

Dolakha-Aakash-Bhairav-Nepal-photo-library-10-1781771769.jpg

Dolakha-Aakash-Bhairav-Nepal-photo-library-01-1781771765.jpg

Dolakha-Aakash-Bhairav-Nepal-photo-library-02-1781771765.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...