नेभिगेशन
मुख्य समाचार

रबि लामिछानेको निम्तो हर्क साम्पाङ्गले गरे अस्वीकार, रास्वपाको महाधिवेशनमा सहभागी नहुने

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सहभागी नहुने भएका छन् ।

महाधिवेशनमा विशिष्ट अतिथिको रुपमा सहभागी भई शुभकामना दिन सभापति रबि लामिछानेले पठाएको निम्तो अस्वीकार गर्दै साम्पाङले आफू उपस्थित नहुने जानकारी गराएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'रास्वपाले आफ्नो महाधिवेशनमा मलाई निम्तो दिएको छ । मलाई थाहा छ यो कर्टेसी रबिजीको हो । प्रधानमन्त्रीले सीमाबारे बोलेको प्रति पार्टीको धारणा आएको भए मलाई नि सजिलो हुन्थ्यो । आएन । म उपस्थित बन्न सक्दिन है' साम्पाङले फेसबुकबाटै निम्तो अस्वीकार गरेका छन् । 

Ncell
Extreme Energy

रास्वपाले साम्पाङसहित संसदमा प्रतिनिधित्व गर्ने कांग्रेस, एमाले, नेकपा, राप्रपा र जसपा नेपाललाई निम्तो दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाको ओरालो यात्रा र रवि–बालेनको अयोग्यतालाई आफ्नो पुनरोदयको आधार ठान्नु महाभूल : योगेश भट्टराई

रास्वपाको ओरालो यात्रा र रवि–बालेनको अयोग्यतालाई आफ्नो पुनरोदयको आधार ठान्नु महाभूल : योगेश भट्टराई

नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय र पछिल्लो राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै पुराना दलका कमजोरी तथा रास्वपाको नेतृत्वको अयोग्यताबीचको राजनीतिक सम्बन्धबारे चर्चा गरेका छन्...
सभापति थापा र पूर्वसभापति देउवा आमनेसामने ?

सभापति थापा र पूर्वसभापति देउवा आमनेसामने ?

नेपाली कांग्रेसको आन्तरिक संघर्ष उत्कर्षमा पुगेको छ । आज एकै दिन संस्थापन र इतर समूह आमने सामने हुँदैछन् ।
देउवा फर्केपछि के भने गगन थापाले ?

देउवा फर्केपछि के भने गगन थापाले ?

देउवाले विशेष महाधिवेशनबाट भएको परिवर्तनलाई स्वीकारेर पार्टी निर्माणमा अभिभावकीय भूमिका खेल्ने अपेक्षा गगन नेतृत्वको संस्थापन पक्षको छ ।
सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

सेनादेखि प्रहरीसम्म सुरक्षा निकायको हुर्मत लिँदै माननीयहरु

जनप्रतिनिधिलाई 'माननीय' शब्दले सम्बोधन गरिन्छ । सबैभन्दा ठूलो मान भएको जनताको प्रतिनिधि भएकाले माननीय भनेर बोलाउने गरिन्छ । तर पछिल्ला दिनमा सांसदहरुले आफ्नै मान नराखी झगडियाका रुपमा प्रस्तुत...