नेभिगेशन
मुख्य समाचार

रास्वपाको महाधिवेशनमा विद्युतीय मतदान मेसिन प्रयोग हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको ७-९ असारसम्म चितवनमा हुने महाधिवेशनमा विद्युतीय मतदान मेसिन ईभीएम प्रयोग हुने भएको छ ।

बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले ईभीएम प्रयोग गर्ने निर्णय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्णयअनुसार पार्टीको केन्द्रीय निर्वाचन आयोगले तयारी थालेको छ । आयोग प्रमुख भुवन केसीले मतदान स्थलहरु तयार गरिसकेको बताए । 

Ncell
Extreme Energy

'मतदान स्थलहरु तयार गरिसकेका छौं । इभीएम र पार्टीको मोबाइल एप प्रयोग हुन्छ,' उनले भने । 

प्रत्यक्षरुपमा उपस्थित हुने प्रतिनिधिका लागि ईभीएम र प्रवासी प्रतिनिधिका लागि मोबाइल एपमार्फत मतदान गराइने उनले बताए । 

यसअघि रास्वपाले बागमती प्रदेश समितिको नेतृत्व चयन ईभीएमबाटै गरेको थियो । 

रास्वपामा तीन हजार हाराहारीमा प्रतिनिधि चयन भएका छन् । महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चुन्दैछ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कक्षा १२ को नतिजा प्रकाशन

कक्षा १२ को नतिजा प्रकाशन

गत वैशाख १४-२७ गतेसम्म परीक्षा सञ्चालन भएको परीक्षामा ४ लाख १८ हजार ८ जना परीक्षार्थी सहभागी थिए । जसमा ५ हजार ३३९ विद्यालयका नियमिततर्फ ३ लाख ३२ हजार...
देवानी कानुन संशोधन गर्दै सरकार, कानुन मन्त्रालयले माग्यो जनतासँग सुझाव

देवानी कानुन संशोधन गर्दै सरकार, कानुन मन्त्रालयले माग्यो जनतासँग सुझाव

सरकारले देवानी कानुन संशोधनको प्रक्रिया अगाडि बढाएको छ ।
आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

आजको मौसमः हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भाग, लुम्बिनी प्रदेशको हिमाली भू-भाग साथै...