नेभिगेशन
मुख्य समाचार

रास्वपा महाधिवेशनमा विद्युतीय मतदानका लागि ९० मेसिन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा विद्युतीय मतदानको सुविधा उपलब्ध हुने भएको छ । रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताहरुले विद्युतीय उपकरणमा उम्मेदवारहरुको नाम र फोटोमा छोएर मतदान गर्न सकिने छ ।

पहिलो चरणको मतदान गर्न करिब छ घण्टा लाग्ने अनुमान गरिएको छ । पहिलो चरणमा एक जना सभापति र ९९ जना सदस्यका लागि मतदान गरिने छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

केसीकाअनुसार निर्वाचित भएका सदस्यहरुबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि निर्वाचन गरिने छ । केसीले यही असार ८ गते दिउँसो २ बजे मनोनयन प्रक्रिया सुरु गरेर त्यही साँझ पहिलो चरणको निर्वाचन गर्ने तयारी गरिएको बताए । असार ८ गते रातिसम्ममा पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि दोस्रो चरणको निर्वाचन असार ९ गते गरिने उनको भनाइ छ । पदाधिकारीका लागि मात्र दोस्रो चरणको निर्वाचन हुने छ । 

Ncell
Extreme Energy

उनले तीन हजारको हाराहारी प्रतिनिधि हुने अनुमान रहेको बताए । प्रवासमा रहेर आउन नसकेका प्रतिनिधिका लागि रास्वपाको आफ्नै एपमार्फत मतदानको व्यवस्था गरिएको छ  । 
    
विदेशका १७० जना प्रतिनिधिमध्ये आउन नसक्नेहरुले एपमार्फत मतदान गर्ने छन् । रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा प्रमुख र १० जना सदस्य रहेका छन् । निर्वाचन आयोगका प्रमुख र सदस्यले उम्मेदवारी दिन नपाउने भएपनि मतदान गर्न पाउने व्यवस्था छ । प्रमुख केसीले आफूहरुले मतदान नगरी तटस्थ निर्वाचन गराउने बताए । 

महामन्त्री कबिन्द्र बुर्लाकोटीकाअनुसार महाधिवेशनमा ९० वटा विद्युतीय मतदान मेसिन राखिएको छ । ८० वटाबाट मतदान हुनेछ भने १० वटा प्रतिनिधिहरुको परीक्षणका लागि राखिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सुदूरपश्चिममा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

सुदूरपश्चिममा सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले आज एक विज्ञप्तिमार्फत मुख्यमन्त्री शाहले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट दिएको राजीनामा आजैदेखि लागू हुने...
सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पदबाट राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पदबाट राजीनामा

केन्द्रीयस्तरमा भएको सहमति अनुसार यस प्रदेशमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र एमालेबीच सत्ता सहकार्य गर्ने तयारी छ । प्रदेशसभामा ठूलो दलको हैसियतमा नेकपाले सरकारको नेतृत्व गर्ने यसअघि नै...
राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा स्वदेश फर्किएका देउवालाई नाराजुलुससहित स्वागत सत्कारको राजनीतिक सन्देश के ?

राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा स्वदेश फर्किएका देउवालाई नाराजुलुससहित स्वागत सत्कारको राजनीतिक सन्देश के ?

२०८१ फागुनमा राजसंस्था समर्थकले पूर्वराजा ज्ञानेन्द्रलाई यसैगरी विमानस्थलमा स्वागत गरेका थिए । ज्ञानेन्द्रले पनि यसैगरी अभिवादन फर्काएका थिए ।  त्यतिबेला राजसंस्था समर्थक यति उत्साहित थिए कि, त्यसको अर्को...
लेखा समितिमा खगेन्द्र सुनार र आईजीपीको लफडा के हो ?

लेखा समितिमा खगेन्द्र सुनार र आईजीपीको लफडा के हो ?

'आईजीपी साबको घरमा चोरी भएको छ । त्यो चोरी भएको हो कि होइन ? आईजीपीको घरबाट तीन करोड चोरी भयो, चोरीमा संलग्न मान्छेलाई प्रहरीको विशेष ब्यूरोमा लगेर यातना...