नेभिगेशन
समाज
रास्वपा प्रथम महाधिवेशन

केन्द्रीय समिति बैठकमा रविले भने– लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट कहिल्यै बिमुख हुने छैनौं

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट आफू र पार्टी कहिल्यै बिमुख नहुने बताएका छन् ।

भरतपुरको दियालो फुडल्याण्डमा बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै रास्वपा संस्थापक सभापति लामिछानेले पार्टीको आन्तरिक लोकतन्त्र झनै महत्वपूर्ण हुने बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा उनले भने– ‘लोकतान्त्रिक मूल्य, मान्यताहरू र लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट हामी कहिल्यै विमुख हुने छैनौँ, म कहिल्यै विमुख हुनेछैन । म यो कुरा यहाँहरूलाई आजको यो बैठकको सुरुवातमा नै बताउन चाहन्छु ।’

Ncell
Extreme Energy

सभापति लामिछानेले पार्टीमा आन्तरिक लोकतन्त्रका विषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पारे । उनले भने ‘मेरो लागि निष्ठा र आन्तरिक लोकतन्त्र कुनै सम्झौता गर्ने विषय होइन । मैले त्यसमा कहिल्यै पनि सम्झौता नगर्ने वचनबद्धता प्रकट गरेको छु र म त्यसमा खरो उत्रिने प्रयास आफ्नो राजनीतिक जीवनभरि गरिरहनेछु ।’

उनले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा गर्न पनि सबैलाई आग्रह गरे । त्यसक्रममा सभापति लामिछानेले पार्टी स्थापनादेखि हालसम्म आफू र पार्टीले भोगेका पीडा, सफलता, जनचाहना लगायत विषयमा पनि आफ्नो धारणा राखेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले जारी गर्‍यो १५ जिल्लामा रेड अलर्ट

मौसम विभागले असोज ९ देखि ११ गतेसम्मलाई १५ जिल्लामा रेड अलर्ट जारी गरेको छ।
सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्चले भन्यो– भरत दाहाललाई उपस्थित गराऊ

सर्वोच्च अदालतले भरत दाहाललाई चौबीस घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश जारी गरेको छ ।
रेशम चौधरीलाई माफी मिनाहा सदर

रेशम चौधरीलाई माफी मिनाहा सदर

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ ।
गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने

गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने

भोटेकोशी बाढीबाट क्षतिग्रस्त गल्छी–स्याफ्रुबेँसी सडकखण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।