नेभिगेशन
फुटबल

विश्वकपमा जापानको सबैभन्दा ठूलो जित, ट्युनिसिया ४–० ले पराजित

काठमाडौं । एसियाली महारथी जापानले फिफा विश्वकपमा सबैभन्दा ठूलो जित निकालेको छ । शनिबार बिहान मेक्सिकोमा भएको समूह ‘एफ’ को ऐतिहासिक खेलमा जापानले युरोपेली राष्ट्र ट्युनिसियालाई ४–० ले हरायो । यो फिफा विश्वकपको एक हजारौं खेल समेत हो ।

सन् १९९८ बाट लगातार विश्वकप खेल्दै आएको जापानले पहिलो पटक ४–० को जित निकालेको हो । विश्वकपमा अन्तिम १६ बाट माथि बढ्न नसकेको जापानले सन् २०१० मा डेनमार्कविरुद्ध समूह चरणमा ३–१ को जित निकालेको थियो । त्यस्तै, सन् २००२ मा ट्युनिसियाविरुद्ध नै २–० को जित निकालेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फिफा विश्वकपको एक हजारौं खेलमा जापानले ट्युनिसियाविरुद्ध एकपक्षिय खेल खेल्यो । जापानको जितमा आयासे उइदाले सानदार प्रदर्शन गरे । उनले दुई गोल गरेका थिए । त्यस्तै, दाइची कामदा र जुन्या इटोले समान एक गोल गरेका हुन् ।

Ncell
Extreme Energy

जापानले पहिलो हाफमै दुई गोल गर्दै ट्युनिसियालाई दबाबमा राखेको थियो । दोस्रो हाफमा पनि टोलीले दुई गोल थप्यो । प्रतियोगितामा जापानको यो पहिलो जित हो । पहिलो खेलमा जापान नेदरल्यान्ड्ससँग २–२ को बराबरीमा रोकिएको थियो । अब, जापानले जुन २६ मा स्विडेनको सामना गर्दैछ ।

जितपछि समूह ‘एफ’मा जापान र नेदरल्यान्ड्सले समान चार अंक जोडेका छन् । समान दुई खेलमा चार अंक भएपनि गोलअन्तरमा नेदरल्यान्ड्स पहिलो स्थानमा रह्यो । स्विडेनको तीन अंक छ । लगातार दोस्रो खेल हारेको ट्युनिसिया पुछारमा रह्यो । यो हारले ट्युनिसियाको नकआउट चरण लगभग समाप्त भएको छ ।

पहिलो खेलमा टोली स्विडेनसाँ ५–१ ले पराजित भएको थियो । अब, अन्तिम दिन उसले नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ । ट्युनिसियाविरुद्ध जापानले सुरुबाटै दबाब बनायो । खेलको चौथो मिनेटमै कामदाले जापानलाई अग्रता दिलाएका थिए ।

उइदाले दोस्रो गोल ३१औं मिनेटमा गरेका थिए । तेस्रो गोल इटोले ६९औं मिनेटमा गरेका हुन् । आयासेले व्यक्तिगत दोस्रो तथा टिमको लागि चौथो गोल खेलको ८३औं मिनेटमा गरेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन भएको छ ।