नेभिगेशन
समाज
रास्वपा महाधिवेशन

निर्वाचनले दिने संकेत र पार्टीको कार्यदिशा के ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन हिजोदेखि चितवनको भरतपुरमा जारी छ । भोलिसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ, पार्टीका कार्यदिशा तय गर्ने छ ।

नयाँ नेतृत्व छान्नु र नीतिमाथि छलफल हुनु महाधिवेशनको नियमित प्रक्रिया हो । रास्वपा मात्रै नभई जुनसुकै पार्टीको महाधिवेशनमा यो प्रक्रिया लागु हुन्छ । तर, रास्वपाको महाधिवेशनमा यो प्रक्रियाको महत्व, गुरुत्व र घनत्व अलि फरक छ । र, फरक हुनुका केही कारण छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पहिलो कारण– रास्वपाले प्रथम महाधिवेशन गर्दैछ । 

Ncell
Extreme Energy

RSP--124-1782099345.jpg
 

रास्वपाले आफ्नो पार्टी जीवनमै पहिलो पटक महाधिवेशन गरेको हो । पार्टी स्थापनाको ठीक चार वर्ष पुग्दा महाधिवेशन भएको छ र पहिलो महाधिवेशनसम्म आइपुग्दा रास्वपाले धेरै उतारचढाव भोगिसकेको छ । रास्वपाले यस्तो अवस्थामा महाधिवेशन गरेको छ कि अहिले रास्वपासँग सत्ता छ, सदनमा झण्डै दुई तिहाइ बहुमत छ, ५ लाखभन्दा पार्टीका क्रियाशील सदस्य छन्, चुनावमा ४८ लाख भोट पाएको छ ।

पार्टीमा जोडिएका सदस्यहरु, पार्टीले पाएको भोट अनि बढ्दै गएको आकर्षण रास्वपाको सम्पत्ति हो । जम्मा चार वर्षमा रास्वपा यति धेरै सम्पत्ति कमायो । यो सम्पत्तिलाई घट्न नदिई थप बढाउनु सिंगो रास्वपाको दायित्व हो र त्यसको मुख्य माध्यम यही महाधिवेशन हो । 

दोस्रो कारण– रास्वपाले निर्वाचनमार्फत विधिवत नेतृत्व चयन गर्दैछ ।

चितवन महाधिवेशनले औपचारिक रुपमा नयाँ नेतृत्व चयन गर्नेछ । आजै दिउँसो १ बजेदेखि निर्वाचन प्रक्रिया सुरु हुँदैछ । सभापतिदेखि केन्द्रीय सदस्यसम्मका लागि उम्मेदवारहरुले आ आफ्नो मनोनयन पेश गर्नेछन् ।

रास्वपा नेतृत्वले संकेत गरिसकेको छ कि, यसपालि सभापति सर्वसम्मत चयन गरिने छ । यसको अर्थ रवि लामिछाने नै सर्वसम्मत सभापति बन्नेछन् । विधानमा वरिष्ठ नेताको व्यवस्था गरिएको छ र त्यो पदमा रहनेछन्– प्रधानमन्त्री बालेन शाह । बालेन पनि सर्वसम्मत वरिष्ठ नेता बन्नेछन् ।

उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष, प्रवक्ता र केन्द्रीय सदस्यमा मात्रै चुनावी प्रतिस्पर्धा(मतदान) हुने देखिएको छ । लामिछाने यो पार्टीका संस्थापक हुन् । उनकै नेतृत्वमा रास्वपाले यो स्थान प्राप्त गरेको हो । त्यसको सम्मान उनले महाधिवेशनबाट पाउँदैछन् । बालेन समायोजनबाट आएका हुन् । उनी नयाँ पुस्ताका आशा र आकर्षण हुन् । उनलाई पनि सर्वसम्मत वरिष्ठ नेता बनाएर महाधिवेशनले सम्मान गर्दैछ । यो प्रतिस्पर्धामा बन्देज होइन, नेतृत्वको सम्मान हो ।

RAbi-balen-rsp-udghatan_NPL-(6)-1782037451.jpeg
 

रास्वपा नयाँ पार्टी हो । यो पार्टीमा आकर्षण बढ्दो छ, थपिने क्रम बढिरहेको छ । योसँगै नेतृत्वमा पुग्न चाहनेहरुको संख्या पनि बढ्दै छ । पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षीको संख्या निकै ठूलो छ । यसको अर्थ यो पनि हो– जिम्मेवारी लिन चाहनेको संख्या ठूलो छ ।

महाधिवेशन प्रतिनिधिको संख्या नियाल्ने हो भने, समायोजनबाट आएकाहरु कम र पहिलेदेखि नै रास्वपामा आबद्धको संख्या बढी छ । यो स्वाभाविक पनि हो । तर, पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचनमा त्यही अनुपात लागु भयो भने समायोजनबाट आएकाहरुले प्रवेश पाउने सम्भावना न्यून रहन्छ ।

सभापति लामिछानेले यसअघि नै भनिसकेका छन्– आन्तरिक लोकतन्त्रको भरपुर अभ्यास गर्छौं तर, समायोजनबाट आएकाहरुलाई अन्याय हुन दिँदैनौं । लामिछानेको यो भनाइ लागु भयो भने रास्वपा साँच्चिकै एकताबद्ध हुने छ ।

तेस्रो कारण– यो महाधिवेशनले तय गर्ने नीति र कार्यदिशा हो ।

Rasopa-Nepal-photo-library-07-1781965746.jpg
 

रास्वपाले आफूलाई लोकतान्त्रिक, समन्यायिक, उदारवादी, लोककल्याणकारी पार्टी भनिरहेको छ । राजविराज बैठकले यसको व्याख्या गरिसकेको छ । पार्टीको चुनावी बाचापत्रदेखि सरकारको नीति तथा कार्यक्रम र बजेटसम्म उसले आफ्नो नीति स्पष्ट पारिसकेको छ ।

अन्य दस्तावेज भन्दा महाधिवेशनले पारित गर्ने दस्तावेजको विशेष महत्व हुन्छ । महाधिवेशनले पारित गरेको दस्तावेजको आधिकारिकता बढी हुन्छ । विधान संशोधनसँगै रास्वपाले जुन नीति, सिद्धान्त र विचार पारित गर्नेछ, त्यसले पार्टीलाई मात्रै नभई सिंगो मुलुकलाई दिशा निर्देश गर्नेछ ।     
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रेशम चौधरीलाई माफी मिनाहा सदर

रेशम चौधरीलाई माफी मिनाहा सदर

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीको कैद माफी मिनाहालाई सदर गरेको छ ।
गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने

गल्छी–स्याफ्रुबेँसी सडकखण्ड असोजभित्र सञ्चालनमा ल्याइने

भोटेकोशी बाढीबाट क्षतिग्रस्त गल्छी–स्याफ्रुबेँसी सडकखण्डमा असोज महिनाभित्र यातायात सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।
गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।
सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौता अनुमोदन

सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौता अनुमोदन

प्रतिनिधिसभाले संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता अनुमोदन गरेको छ ।