नेभिगेशन
फुटबल

विश्वकप फुटबल २०२६ स् इजिप्ट समूह जीको शीर्ष स्थानमा

फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत समूह ‘जी’ को आज भएको खेलमा इजिप्टले न्युजिल्यान्डलाई हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

विसी प्लेस भ्यानकुभर स्टेडियमा भर्खरै सम्पन्न खेलमा न्युजिल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको हो । इजिप्टको जितमा मोस्तफा जिको, मोहम्मद सलाह र ट्रेजेग्वेटले समान एक एक गोल गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खेलमा पहिलो अग्रता न्युजिल्यान्डले लिएको थियो । खेलको १५औँ मिनेटमा न्युजिल्यान्डका फिन सम्र्यानले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । तर न्युजिल्यान्डको एक शून्य गोलको अग्रता खेलको पहिलो हाफसम्म मात्र कायम रह्यो । 

Ncell
Extreme Energy

खेलको ५८औँ मिनेटमा इजिप्टका जिकोले गोल गर्दै खेललाई एक एक गोलको बराबरीमा ल्याए । त्यस्तै खेलको ६७ औँ मिनेटमा सलाहले गोल गर्दै इजिप्टलाई २–१ गोलको अग्रता दिलाए ।

यसपछि खेलको ८२औँ मिनेटमा ट्रेजेग्वेटले गोल गर्दै इजिप्टको जित सुनिश्चित गरे । यस जितसँगै इजिप्ट दुई खेलबाट चार अङ्क जोडेर समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको हो । इजिप्टको नकआउट चरण प्रवेशको सम्भावना प्रबल बनेको छ । यसै समूहमा रहेका इरान र बेल्जियमको समान दुई अङ्क छ भने न्युजिल्यान्डको एक अङ्क रहेको छ । 

त्यसैगरी आजै बिहान सम्पन्न समूह ‘एच’को अर्को खेलमा नवप्रवेशी केप भर्डेले दुई पटकको विश्वकप विजेता उरुग्वेसँग २–२ गोलको बराबरी खेलेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन भएको छ ।