नेभिगेशन
समाज

प्रवक्ता मनिष झाको पदाधिकारीमा चाहना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले आगामी केन्द्रीय समितिमा पदाधिकारीमा चाहना व्यक्त गरेका छन्।

चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनमा झाले पदाधिकारीमा उम्मेदवारी दिने संकेत समेत गरेका छन् । उनले महामन्त्रीमा चाहना राखेको निकटस्थहरुलाई बताउने गरेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाधिवेशनस्थलमा पत्रकारहरुसँगको कुराकानीमा प्रवक्ता झाले भने, ‘पार्टी स्थापनाकालदेखि यहाँसम्म आइपुग्दै गर्दा पार्टीका लागि जुन किसिमको भूमिका निर्वाह गरेको छु, त्यसले गर्दा आगामी पदाधिकारीमा मैले आफूलाई दाबी गर्न सक्छु । यसलाई कसैले अस्वाभाविक रूपमा लिनुहुन्न होला जस्तो लाग्छ ।’

Ncell
Extreme Energy

त्यस्तै प्रवक्ता झाले महाधिवेशनको बन्द सत्रको समय ढिलो हुँदै जानुलाई पार्टीले निकै कम समयको तयारीमा महाधिवेशन गर्न लागेकाले व्यवस्थापकीय कमजोरी भएको स्वीकारेका छन्।

उनले भने, ‘रास्वपाको यो पहिलो महाधिवेशन भएकाले चुनौतीलाई स्वीकार गरेर निकै छोटो समयमा महाधिवेशन गर्दै छौं । महाधिवेशनको घोषणा भएको २५ दिन भित्र वडादेखि महाधिवेशनसम्म गर्दैछौँ । केही व्यवस्थापकीय सम्झौताहरू र चुनौतीहरू  यसलाई राजनीतिक दलले स्वाभाविक रूपमा लिनुपर्छ । बिग्रिसकेको छैन अलि ढिलाइ मात्र भएको रूपमा बुझिदिन आग्रह गर्छु।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।
सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौता अनुमोदन

सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौता अनुमोदन

प्रतिनिधिसभाले संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता अनुमोदन गरेको छ ।
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।
चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक दोङका आफन्त र यातायात मजदुरहरुले दोषीलाई कारबाही गर्न माग गर्दै कीर्तिपुरस्थित बर्न अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरुले ट्राफिक प्रहरीका कारण उक्त घटनाका भएको दाबी गर्दै दोषीलाई...