नेभिगेशन
समाज

पासपोर्ट छपाइ काण्डमा कस-कसलाई मुद्दा ? (अख्तियारको विज्ञप्तिसहित)

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचार भएको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १६ जना तथा सम्वद्ध २ कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले सोमबार विभागका महानिर्देशक अर्याल, सूचना प्रविधि निर्देशक सुनिलकुमार केसीविरुद्ध रु १० अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तत्कालीन निर्देशक शत्रुध्वनप्रसाद शर्मा पोखरेल, निर्देशक रवीन्द्र राजभण्डारी, लेखा अधिकृत तुलसीप्रसाद आचार्य, कम्प्युटर इञ्जिनियर विपीन प्रसाईं र शाखा अधिकृत सोमेश थापाविरुद्ध समान बिगो माग दाबी गरिएको छ ।

Ncell
Extreme Energy

आयोगले परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिवद्वय राजाराम दाहाल र पुस्करराज नेपाल, भेषप्रसाद भूर्तेल विरुद्ध समान बिगो माग दाबी गरेको छ ।

राहदानीको ठेक्का लिएको जर्मन कम्पनी भेरिडासका  नेपाल प्रतिनिधि सिद्धार्थ थापाविरुद्ध रु आठ अर्ब २२ करोड ३५ लाख चार हजार ४४४ बराबरको बिगो माग दाबी गरिएको छ । त्यस्तै, म्युलबाउरका नेपाल प्रतिनिधि मणिन्द्रराज मल्ल विरुद्ध रु एक अर्ब ९० करोड ६९ लाख ५७ हजार ३२ बराबरको बिगो दाबी गरिएको छ । बोलपत्रको सुरुवाती चरणबाटै गम्भीर अनियमितता र भ्रष्टाचार गरेको पाइएको भन्ने सूचनाका आधारमा आयोगले छानबिन गरेको थियो ।

राष्ट्रसेवक कर्मचारी र आपूर्तिकर्ता कम्पनीबीच आपसी मिलेमतो, योजना र संलग्नतामा गैरकानुनी लाभ प्राप्त गर्ने उद्देश्य राखिएको आयोगले उल्लेख गरेको छ । प्रचलित कानुनको प्रतिकूल हुने गरी बदनियतपूर्वक बोलपत्र मूल्याङ्कन गरे गराएको, साथै प्रचलित कानुन विपरीत बोलपत्रहरुको प्राविधिक र आर्थिक मूल्याङ्कन गरी गराएको आयोगको ठहर छ ।

बदनियतपूर्वक राहदानी विभागलाई रु १० अर्ब १३ करोड चार लाख ६१ हजार ४७७ बराबरको हानी नोक्सानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा आयोगले  मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार कानुन बमोजिम बिगो जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको छ ।
यस्तो छ अख्तियारको विज्ञप्ति 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री र ऊर्जामन्त्रीले लिए पछिल्लो मौसम प्रणालीबारे जानकारी

गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले आगामी मौसमी प्रणालीका बारेमा जानकारी लिएका छन् ।
सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौता अनुमोदन

सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौता अनुमोदन

प्रतिनिधिसभाले संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोग सम्बन्धी सम्झौता अनुमोदन गरेको छ ।
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।
चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक दोङका आफन्त र यातायात मजदुरहरुले दोषीलाई कारबाही गर्न माग गर्दै कीर्तिपुरस्थित बर्न अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरुले ट्राफिक प्रहरीका कारण उक्त घटनाका भएको दाबी गर्दै दोषीलाई...