नेभिगेशन
समाज
रास्वपा महाधिवेशन

कार्ड बाँड्न थालियो, मंगलबार बन्दसत्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी प्रतिनिधिहरुलाई परिचयपत्र (कार्ड) बाँड्न सुरु भएको छ ।

सोमबार साँझ ७ बजेपछि महाधिवेशन प्रतिनिधिहरुलाई कार्ड बाँड्न थालिएको हो । प्रिन्ट भइसकेका कार्ड सोमबार रातिसम्म बाँडिने र बाँकी कार्ड रातभरमा छापेर मंगलबार बिहान बाँडिने निर्वाचन आयोगले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाधिवेशन प्रतिनिधिहरुको नामावली टुंगो नलाग्दा प्रतिनिधिहरुले कार्ड पाएका थिएनन् भने कार्ड नहुँदा बन्दसत्र समेत हुन सकेको थिएन । सोहीकारण सोमबार बन्दसत्र भएन ।

Ncell
Extreme Energy

मंगलबार बिहान ७ बजेदेखि पुनः कार्ड बाँडिने र त्यसपछि बन्दसत्र हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले पनि मंगलबार बिहान  बिहान ७ बजेपछि बन्दसत्र सुरु हुने जानकारी दिए । उनका अनुसार, प्रतिनिधिहरु विरुद्धमा परेको उजुरीमाथिको छानबिनका लागि समय आवश्यक भएकाले बन्दसत्र सारिएको हो । बन्दसत्र उद्योग संघको प्रदर्शनी केन्द्रमा हुँदैछ ।

उनले बन्दसत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्ने जानकारी दिए । त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीको आर्थिक प्रतिवेदन प्रस्तुत हुने छ ।

कोषाध्यक्षको प्रतिवेदनपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् । महामन्त्रीको प्रतिवेदन पारित भएपछि पार्टीका सहमहामन्त्री विपीन आचार्यले विधान संशोधन प्रस्ताव पेश गर्नेछन् ।

विधान अनुमोदन भएपछि पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्नेछन् ।

सभापतिको राजनीतिक प्रतिवेदन पारित भएपछि पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठन घोषणा गर्दै सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने तालिका छ ।

बन्दसत्रबाट सबै प्रतिवेदन पारित भएपछि निर्वाचन प्रक्रिया सुरु हुने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।
चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक दोङका आफन्त र यातायात मजदुरहरुले दोषीलाई कारबाही गर्न माग गर्दै कीर्तिपुरस्थित बर्न अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरुले ट्राफिक प्रहरीका कारण उक्त घटनाका भएको दाबी गर्दै दोषीलाई...
सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

उनले ‘छोराको लासमाथि सांसद पद साटेको’ भन्दै निकृष्ट र अपमानजनक टिप्पणी हुने गरेको भन्दै एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न र तुच्छ शब्द बोल्नुअघि हजार...