नेभिगेशन
समाज

रास्वपामा उम्मेदवार बन्न पैसा कति लाग्छ, अरु के के चाहिन्छ ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । केन्द्रीय निर्वाचन आयोगले सभापति, पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ताका लागि आवश्यक शुल्क, प्रस्तावक, समर्थक र कागजातको सूची सार्वजनिक गरेको छ ।

सभापतिको उम्मेदवार बन्न ५१ हजार रुपैयाँ शुल्क लाग्ने छ । त्यस्तै, एक जना प्रस्तावक र ५१ जना समर्थक चाहिने रास्वपा निर्वाचन आयोगले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा निर्वाचन आयोगले उम्मेदवारी दर्ता, शुल्क तथा आवश्यक कागजातबारे सूचना जारी गर्दै सभापति पदमा उम्मेदवारी दिन ५१ हजार र ५१ जना समर्थक चाहिने जनाएको हो ।

Ncell
Extreme Energy

रास्वपाले सभापतिमा रवि लामिछानेलाई नै सर्वसम्मत चयन गर्ने तयारी गरेको छ । सभापतिमा एक जनाको मात्रै उम्मेदवारी पर्ने सम्भावना छ ।

त्यसैगरी, पदाधिकारीका लागि ४१ हजार रुपैयाँ शुल्क तोकिएको छ भने प्रस्तावक एक जना र समर्थक २१ जना तथा केन्द्रीय सदस्यको उम्मेदवार बन्न २१ हजार शूल्क, १ जना प्रस्तावक र २१ जना समर्थक चाहिने पनि सूचनामा उल्लेख छ ।

उम्मेदवारी दर्ताका लागि विवरण भरिएको उम्मेदवारी मनोनयन पत्र फाराम, उम्मेदवारी शुल्क बुझाएको नगदी रसिद वा बैंक भौचर, अनुशासन कारबाहीमा नपरेको स्व–घोषणापत्र, पार्टी सदस्यता प्रमाणपत्रको प्रतिलिपि र पासपोर्ट साइजको फोटो २ प्रति चाहिने पनि केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन के.सी.द्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

ख्याल गर्नुपर्ने कुरा के छ भने कुनै पनि पदको उम्मेदवार अर्को कुनै उम्मेदवारको प्रस्तावक वा समर्थक बस्न पाइने छैन । कोही कसैको प्रस्तावक वा समर्थक बसेमा उम्मेदवारी खारेज हुने निर्वाचन आयोगले जनाएको छ । 

पहिलो चरणमा सभापति र केन्द्रीय सदस्य चयन गरिने छ । एक जना सभापति र ९९ जना केन्द्रीय सदस्य चुनिनेछन् ।

दोस्रो चरणमा पदाधिकारी चयनका लागि निर्वाचन हुने छ । रास्वपाको पदाधिकारी सूचीमा एक वरिष्ठ नेता, तीन उपसभापति (एक महिलासहित), दुई महामन्त्री, ५ सहमहामन्त्री, एक कोषाध्यक्ष, २ सहकोषाध्यक्ष र एक प्रवक्ता छन् ।

पहिलो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि दोस्रो चरणको निर्वाचन तालिका सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।

पहिलो चरणको निर्वाचन भोलि हुने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।
चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक दोङका आफन्त र यातायात मजदुरहरुले दोषीलाई कारबाही गर्न माग गर्दै कीर्तिपुरस्थित बर्न अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरुले ट्राफिक प्रहरीका कारण उक्त घटनाका भएको दाबी गर्दै दोषीलाई...
सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

उनले ‘छोराको लासमाथि सांसद पद साटेको’ भन्दै निकृष्ट र अपमानजनक टिप्पणी हुने गरेको भन्दै एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न र तुच्छ शब्द बोल्नुअघि हजार...