नेभिगेशन
समाज
रास्वपा महाधिवेशन

बन्दसत्रमा आज के के हुन्छ ?

काठमाडौँ । महाधिवेशन प्रतिनिधिको नाम टुंगो नलाग्दा हिजो हुन नसकेको बन्दसत्र रास्वपाले आज सञ्चालन गर्दैछ । दिउँसो २ बजे सभापति रवि लामिछानेले बन्दसत्र सुरु गर्नेछन् ।

दिउँसो २ बजदेखि साँझ पौने ७ बजेसम्म चल्ने महाधिवेशनमा ६ वटा प्रतिवेदन पेश हुने छन् । ती प्रतिवेदनमाथि छलफल हुनेछ र पारित गरेर बन्दसत्र समापन हुने छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बन्दसत्र सुरु भए लगत्तै २ बजेर १० मिनेटमा रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन पेश गर्नेछन् । अनुशासन आयोगको प्रतिवेदन पेश गर्न, छलफल गर्न र पारित गर्न साढे दुई बजेसम्मको समय छुट्याइएको छ ।

Ncell
Extreme Energy

त्यसपछि २ बजेर ३० मिनेटमा कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्नेछिन् । उनको प्रतिवेदनका लागि ३० मिनेटको समय छुट्याइएको छ ।

आर्थिक प्रतिवेदन पारित भइसकेपछि ३ बजे महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । महामन्त्रीको प्रतिवेदन पेश र छलफलका लागि ४५ मिनेट तय गरिएको छ ।

महामन्त्रीको प्रतिवेदनपछि सहमहामन्त्री विपीन आचार्यले तीन बजेर ४५ मिनेटमा विधान संशोधन प्रस्ताव पेश गर्नेछन् । विधानका लागि १ घण्टाको समय राखिएको छ । ४ बजेर ४५ मिनेटमा विधान पारित गरिने छ ।

दिउँसो ४ः४५ देखि ५ः१५ बजेसम्म उपसभापति डा. स्वर्णिम वाग्लेले ‘राष्ट्रिय स्वतन्त्र पार्टीको अर्थ–राजनीतिक प्रस्तावना’पेश गर्नेछन् । वाग्लेको पेश गरेको प्रस्तावना पारित भएपछि सभापति रवि लामिछानेले ५ः१५ देखि ६ः३५ बजेसम्म राजनीतिक प्रस्ताव पेश गर्नेछन् ।

यी सबै प्रतिवेदन र प्रस्तावहरु पारित भइसकेपछि सभापति लामिछानेले साँझ पौने ७ बजे पार्टीको अन्तरिम व्यवस्थापन समिति घोषणा गर्नेछन् र सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई प्रदान गर्नेछन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।
चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक दोङका आफन्त र यातायात मजदुरहरुले दोषीलाई कारबाही गर्न माग गर्दै कीर्तिपुरस्थित बर्न अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरुले ट्राफिक प्रहरीका कारण उक्त घटनाका भएको दाबी गर्दै दोषीलाई...
सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

उनले ‘छोराको लासमाथि सांसद पद साटेको’ भन्दै निकृष्ट र अपमानजनक टिप्पणी हुने गरेको भन्दै एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न र तुच्छ शब्द बोल्नुअघि हजार...