नेभिगेशन
समाज

कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय

काठमाडौँ । शिक्षा मन्त्रालयले कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटी नभएको स्पष्ट पारेको छ ।

सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले कक्षा १२ को नजितामा त्रुटी र लापरवाही भएको भन्ने आरोप प्रोपगान्डा मात्रै भएको बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले शिक्षकहरुलाई जिम्मेवार बनाएका कारण ग्रेडको प्रतिशत बढेको र छिटो नतिजा प्रकाशन गर्न सफल भएको उल्लेख गरे। उनले नतिजा प्रकाशनका बिषयमा मन्त्रालयले अध्ययन गर्दा समेत कुनै त्रुटि फेला नपरेको र ईमानदारीपूर्वक, कपी परीक्षण भएको जानकारी दिए।

Ncell
Extreme Energy

त्यस्तै सचिव पौडेलले विश्वविद्यालयको नियुक्ति प्रक्रिया सम्बन्धी विश्वविद्यालयको ऐनका भएको व्यवस्था अनुसार नै रहेको बताए। खुला विश्वविद्यालयको स्थायी शिक्षकको सन्दर्भमा मन्त्रालयको ध्यानाकर्षण भएको उनले बताए।

सचिव पौडेलले नेपालका विभिन्न विश्वविद्यालयहरूमा अहिले करिव १४ सय विदेशी विद्यार्थीहरु अध्ययनरत रहेको जानकारी दिदै विद्यार्थी भिसालाई सहजीकरण गर्ने बिषयमा गृहमन्त्रालयसंग छलफल अघि बढाइएको धारणा व्यक्त गरे ।

चिकित्सा शिक्षामा विदेशी विद्यार्थीको कोटा बढाउनका लागि नीतिगत निर्णय गर्ने तयारीमा सरकार अघि बढिरहेको उनको भनाइ छ । उनले स्वदेशमा अध्ययनपछि रोजगारीको प्रयाप्त व्यवस्था हुननसक्दा नेपाली विद्यार्थीहरु अन्य देशमा अध्ययनका लागि जाने गरेको देखिएको बताए।

स्वदेशमा नै रोजगारीको प्रयाप्त अवसरका लागि सबैको सामूहिक प्रयास भए विद्यार्थीहरुलाई स्वदेशमा नै रोक्न सकिने आफुहरुको विश्वास रहेको उनले उल्लेख गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखाले भनिन्– ट्राफिक प्रहरीको कार्यशैलीको समीक्षा गरिनुपर्छ

रास्वपा सचेतक क्रान्तिशिखा धितालले ट्राफिक प्रहरीले चालक र यात्रुसँग गर्ने व्यवहार तथा कार्यशैलीको गम्भीर समीक्षा हुनुपर्ने बताएकी छन् ।
चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक दोङका आफन्त र यातायात मजदुरहरुले दोषीलाई कारबाही गर्न माग गर्दै कीर्तिपुरस्थित बर्न अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरुले ट्राफिक प्रहरीका कारण उक्त घटनाका भएको दाबी गर्दै दोषीलाई...
सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

उनले ‘छोराको लासमाथि सांसद पद साटेको’ भन्दै निकृष्ट र अपमानजनक टिप्पणी हुने गरेको भन्दै एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न र तुच्छ शब्द बोल्नुअघि हजार...