नेभिगेशन
समाज

सुरु भयो रास्वपा महाधिवेशनको बन्दसत्र

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत बन्दसत्र सुरु भएको छ । प्रतिनिधिको नाम टुंगो नलाग्दा हिजो हुन नसकेको बन्दसत्र आज केही बेरअघि सुरु भएको हो । दिउँसो २ बजे तोकिए पनि केही ढिला गरी बल्ल सुरु भएको हो ।

रास्वपा सभापति रवि लामिछानेले बन्दसत्र सुरु गरेका हुन् । प्रधानमन्त्री एवम् वरिष्ठ नेता बालेन शाह भने बन्दसत्रमा आइसकेका छैनन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साँझ ७ बजेसम्म चल्ने महाधिवेशनमा ६ वटा प्रतिवेदन पेश हुने छन् । ती प्रतिवेदनमाथि छलफल हुनेछ र पारित गरेर बन्दसत्र समापन हुने छ ।

Ncell
Extreme Energy

IMG20260623154115.jpg-1782209153.jpeg
 

बन्दसत्रको सुरुमै रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन पेश गर्नेछन् । त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन पेश गर्नेछिन् । उनको प्रतिवेदनका लागि ३० मिनेटको समय छुट्याइएको छ ।

आर्थिक प्रतिवेदन पारित भइसकेपछि महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन पेश गर्ने कार्यसूची छ । महामन्त्रीको प्रतिवेदन पेश र छलफलका लागि ४५ मिनेट तय गरिएको छ ।

IMG20260623154115.jpg-1782209189.jpeg
 

महामन्त्रीको प्रतिवेदनपछि सहमहामन्त्री विपीन आचार्यले विधान संशोधन प्रस्ताव पेश गर्नेछन् । विधानका लागि १ घण्टाको समय राखिएको छ । विधान पारित भएपछि उपसभापति डा. स्वर्णिम वाग्लेले ‘राष्ट्रिय स्वतन्त्र पार्टीको अर्थ–राजनीतिक प्रस्तावना’पेश गर्नेछन् । वाग्लेको पेश गरेको प्रस्तावना पारित भएपछि सभापति रवि लामिछानेले राजनीतिक प्रस्ताव पेश गर्नेछन् ।

यी सबै प्रतिवेदन र प्रस्तावहरु पारित भइसकेपछि सभापति लामिछानेले पार्टीको अन्तरिम व्यवस्थापन समिति घोषणा गर्नेछन् र सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई प्रदान गर्नेछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक दोङका आफन्त र यातायात मजदुरहरुले दोषीलाई कारबाही गर्न माग गर्दै कीर्तिपुरस्थित बर्न अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरुले ट्राफिक प्रहरीका कारण उक्त घटनाका भएको दाबी गर्दै दोषीलाई...
सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

उनले ‘छोराको लासमाथि सांसद पद साटेको’ भन्दै निकृष्ट र अपमानजनक टिप्पणी हुने गरेको भन्दै एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न र तुच्छ शब्द बोल्नुअघि हजार...
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए ।