नेभिगेशन
समाज

शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्छः मन्त्री यादव

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको कामअघि बढाइने बताएकी छन्।

चितवन उद्योग सङ्घले आज आयोजना गरेको कार्यक्रममा उनले औद्योगिक क्षेत्र सञ्चालन गर्ने विषयमा पहल भइरहेको र छिट्टै यसलाई अगाडि बढाउने बताकी हुन्। उनले सरकारले उद्योगी व्यवसायीलाई लगानी गर्ने र रोजगारी सृजना गर्ने काममा लाग्न प्रेरित गर्ने बताइन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नियम उल्लङ्घन गर्ने उद्योगहरूको विद्युत् लाइन काटिएको र नीति, प्रक्रियामा आई सञ्चालन भएका उद्योगलाई छुटसहित सहयोग गरिएको मन्त्री यादबले बताइन्।

Ncell
Extreme Energy

चितवन उद्योग सङ्घका उपाध्यक्ष गोपालप्रसाद गैरेले सङ्घका परियोजनाहरूको बारेमा जानकारी गराउँदै शक्तिखोर औद्योगिक क्षेत्रको सञ्चालन गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए। व्यवसायी अर्जुन सापकोटाले नेपाली उद्योगका लागि आवश्यक कच्चा पदार्थमा सरकारले कर छुट दिनुपर्ने बताए।

औद्योगिक क्षेत्र निर्माणका लागि कालिका नगरपालिकाका ३, ७ र ८ र इच्छाकामना गाउँपालिकाको ७ नम्बर वडाको एक हजार १७८ हेक्टर जग्गा तोकिएको छ । औद्योगिक क्षेत्र निर्माणका लागि तयार भएको विस्तृत परियोजना प्रतिवेदनअनुसार करिब ३७ अर्ब लागत लाग्ने अनुमान छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक दोङका आफन्त र यातायात मजदुरहरुले दोषीलाई कारबाही गर्न माग गर्दै कीर्तिपुरस्थित बर्न अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरुले ट्राफिक प्रहरीका कारण उक्त घटनाका भएको दाबी गर्दै दोषीलाई...
सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

उनले ‘छोराको लासमाथि सांसद पद साटेको’ भन्दै निकृष्ट र अपमानजनक टिप्पणी हुने गरेको भन्दै एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न र तुच्छ शब्द बोल्नुअघि हजार...
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए ।