नेभिगेशन
समाज

शान्ति मिश्रको योगदानमा आधारित हुलाक टिकट सार्वजनिक

काठमाडौँ । हुलाक सेवा विभागले मुलुकको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट प्रकाशन गरेको छ ।

बुधबार सूचना तथा सञ्चार मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले यहाँ आयोजित एक कार्यक्रममा उक्त टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विसं २०१९ मा स्थापना भएको नेपालको पहिलो आधुनिक पुस्तकालयको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी शान्ति मिश्रको योगदानको स्मरणस्वरूप हुलाक टिकट प्रकाशन गरिएको हो। कार्यक्रममा सचिव बस्नेतले विसं २०१६ मा स्थापना भएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयलाई आधुनिक स्वरूप दिन शान्ति मिश्रको लगन र मेहनत निर्णायक रहेको बताइन्।

Ncell
Extreme Energy

उनले महिलाको योगदानलाई सम्मान गर्दै हुलाक सेवा विभागले टिकट  प्रकाशन गरेकामा त्यसको सराहना गरेकी थिइन्। शान्ति मिश्रका श्रीमान् नारायण मिश्रले दिवङ्गत पत्नीको पुस्तकालय विकासप्रतिको समर्पण स्मरणबारे सुनाइन्। त्रिभुवन विश्वविद्यालयमा जानकारी दिँदै उनले भनिन्, “शान्ति पुस्तकालयलाई वृहत् बनाउने सोच राख्थिन्, त्यसैले पढाउन छोडेर पुस्तकालय नै रोजिन्।”

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयका अध्यक्ष सागरराज सुवेदीले वर्तमान केन्द्रीय पुस्तकालयको आधारशिला शान्ति मिश्रकै योगदानबाट स्थापित भएको बताए। हाल उक्त पुस्तकालयमा चार हजारभन्दा बढी पुस्तक रहेका र तिनको ई–लाइब्रेरीमा रूपान्तरण जारी रहेको जानकारी दिए।

विभागकी महानिर्देशक मनमाया भट्टराई पँगेनीले हुलाक टिकट केवल कागजको टुक्रा नभई ऐतिहासिक दस्तावेजको रूपमा संरक्षण हुने माध्यम भएको बताइन्।
टिकटका माध्यमबाट शान्ति मिश्रको योगदानको कदर भएको र त्यसले मुलुकको गौरवसँगै आधुनिक पुस्तकालयको प्रतिष्ठा बढाएको उनले बताइन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक दोङका आफन्त र यातायात मजदुरहरुले दोषीलाई कारबाही गर्न माग गर्दै कीर्तिपुरस्थित बर्न अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरुले ट्राफिक प्रहरीका कारण उक्त घटनाका भएको दाबी गर्दै दोषीलाई...
सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

उनले ‘छोराको लासमाथि सांसद पद साटेको’ भन्दै निकृष्ट र अपमानजनक टिप्पणी हुने गरेको भन्दै एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न र तुच्छ शब्द बोल्नुअघि हजार...
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए ।