नेभिगेशन
समाज

नेप्से परिसूचकमा २६ दशमलव १६ अङ्कको गिरावट

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले ओरालो लागेर दुई हजार ६७४ दशमलव ४८ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३१ अङ्कले ओरालो लागेर ४६१ दशमलव ४८ मा सीमित भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कूल ३५३ कम्पनीको एक करोड ४० हजार १६४ कित्ता शेयर रु चार अर्ब ३६ करोड २१ लाख ९४ हजार ७७१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएकामध्ये आज २२ कम्पनीको मात्रै शेयर मूल्य वृद्धि भएको छ ।

Ncell
Extreme Energy

नेप्सेका अनुसार, २३९ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा ११ कम्पनीको भने कुनै परिवर्तन भएन । कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । सोपान फर्मास्यूटिकल्स, रिलायन्स स्पिनिङ मिल्स, एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट र बुङ्गल हाइड्रोपावर शीर्ष स्थानमा छन् ।

आजको कारोबारमा टक्सार पिलुवा खोला हाइड्रोपावर, याम्बलिङ हाइड्रोपावर, लक्ष्मी उन्नति कोष, सिद्धार्थ इन्भेस्टमेन्टग्रोथ स्किम तेस्रो र सनराइज ब्ल्यूचिप फण्डका लगानीकर्ताले कमाएका छन् । बुङ्गल हाइड्रो, अपोलो हाइड्रोपावर, सोपान फर्मास्यूटिकल्स, कालिञ्चोक हाइड्रोपावर र सूर्यकुण्ड हाइड्रोका शेयरधनीले भने गुमाएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक दोङका आफन्त र यातायात मजदुरहरुले दोषीलाई कारबाही गर्न माग गर्दै कीर्तिपुरस्थित बर्न अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरुले ट्राफिक प्रहरीका कारण उक्त घटनाका भएको दाबी गर्दै दोषीलाई...
सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

उनले ‘छोराको लासमाथि सांसद पद साटेको’ भन्दै निकृष्ट र अपमानजनक टिप्पणी हुने गरेको भन्दै एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न र तुच्छ शब्द बोल्नुअघि हजार...
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए ।