नेभिगेशन
समाज

रास्वपाको महाधिवेशन, तामाङ समुदायको ‘चिउरी’को व्यापार

भरतपुर । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा यतिबेला राजनीतिक सरगर्मीसँगै स्थानीय उत्पादनको व्यापारले पनि निकै चर्चा पाएको छ। महाधिवेशनका कारण मानिसहरूको ठूलो चहलपहल हुँदा चितवनको पहाडी भेगका स्थानीय तथा चेपाङ समुदायले रैथाने उत्पादन चिउरीको राम्रो व्यापार गरिरहेका छन्।

चेपाङको पुर्ख्यौली बसोवास रहेको चितवनका पहाडी क्षेत्रहरू  चिउरी उत्पादनका लागि प्रख्यात मानिन्छन्। चेपाङ समुदायको जीवनशैली र पहिचानसँग जोडिएको यो चिउरी स्थानीय बासिन्दाहरूले आफैं संकलन गरेर बजारसम्म ल्याउने गर्छन्। महाधिवेशनको अवसर पारेर नारायणगढको मन्डी तथा अन्य संकलन केन्द्रहरूबाट व्यापारीहरूले चिउरी खरिद गरी महाधिवेशन स्थल वरपर बिक्री गरिरहेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चिउरी विशेषगरी नेपालको महाभारत पर्वत शृङ्खलाका पहाडी र भित्री मधेशका क्षेत्रहरूमा फल्ने गर्दछ। जेठ र असारको तीव्र गर्मी महिनामा यो फल पाक्ने गर्छ। गर्मी मौसममा चिउरी खानु स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ। यसले शरीरलाई शीतलता प्रदान गर्नुका साथै ऊर्जा समेत दिन्छ। यसको दानाबाट बहुउपयोगी घ्यू (चिउरीको घ्यू) समेत निकालिन्छ, जुन औषधीय गुणले युक्त हुन्छ।

Ncell
Extreme Energy

कति भइरहेछ व्यापार ?

महाधिवेशन स्थलमा प्रति केजी १०० देखि १५० रुपैयाँसम्ममा चिउरी बिक्री भइरहेको छ। महाधिवेशनको छोटो अवधिमै एकैजना व्यवसायीले झण्डै ९० केजी (पहिलो दिन ५० केजी र दोस्रो दिन ४० केजी)सम्म चिउरी सहजै बिक्री गरिसकेको बताएका छन्। राजनीतिक जमघटले यसरी स्थानीय र सीमान्तकृत समुदायको रैथाने उत्पादनलाई बजार प्रवर्द्धन गर्न ठूलो टेवा पुर्‍याएको देखिन्छ।

यद्यपि महाधिवेशनस्थल  परिसरमा सुरक्षाको कारण देखाउँदै यस्ता व्यापारमा कडाइ गरिएको छ ।

तस्बिर–निशा श्रेष्ठनेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक दोङका आफन्त र यातायात मजदुरहरुले दोषीलाई कारबाही गर्न माग गर्दै कीर्तिपुरस्थित बर्न अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरुले ट्राफिक प्रहरीका कारण उक्त घटनाका भएको दाबी गर्दै दोषीलाई...
सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

उनले ‘छोराको लासमाथि सांसद पद साटेको’ भन्दै निकृष्ट र अपमानजनक टिप्पणी हुने गरेको भन्दै एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न र तुच्छ शब्द बोल्नुअघि हजार...
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए ।