नेभिगेशन
समाज

एमालेको निष्कर्षः विष्णु पौडेलमाथि प्रतिशोध साँधियो

काठमाडौँ । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पक्राउ गरेको निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय च्यासलमा आज बसेको एमाले संसदीय दलको बैठकले पौडेललाई गैरकानुनी, गैरन्यायिक र प्रतिशोधपूर्ण ढङ्गले पूर्वाग्रह ढङ्गले पक्राउ गरेको भन्दै भत्र्सना गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पौडेललाई पक्राउ गर्नु कानुनी राज्य र विधिको शासनको वर्खिलाफमा रहेकाले अविलम्ब बिनाशर्त रिहाइ गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको महरले बताए ।

Ncell
Extreme Energy

फरक राजनीतिक विचार राख्ने पार्टीका नेता कार्यकर्ताहरूलाई शृंखलाबद्ध र योजनाबद्ध तरिकाले सरकारले प्रतिशोध साँधेको उनले दाबी गरे ।

बैठकले सशक्त, रचनात्मक र एकदम जिम्मेवार प्रतिपक्षीको रूपमा सदनमा भूमिका खेल्ने र त्यसका लागि पार्टीसँग सहकार्य र समन्वय गर्ने प्रस्ताव पारित गरेको छ ।

बैठकले चिया निर्यातको समस्या समाधान गर्न र पेट्रोलियम पदार्थहरूको मूल्यवृद्धिका कारण उपभोग्य बस्तुमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक अर्जुन दोङका आफन्तको माग– त्रिपुरेश्वर घटनाको छानबिन होस्

चालक दोङका आफन्त र यातायात मजदुरहरुले दोषीलाई कारबाही गर्न माग गर्दै कीर्तिपुरस्थित बर्न अस्पतालमा प्रदर्शन गरेका छन् । उनीहरुले ट्राफिक प्रहरीका कारण उक्त घटनाका भएको दाबी गर्दै दोषीलाई...
सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

सहिदकी आमा सांसद रचनाको आग्रहः सरकारले सहिद परिवारलाई न्यायको आभास गराओस्

उनले ‘छोराको लासमाथि सांसद पद साटेको’ भन्दै निकृष्ट र अपमानजनक टिप्पणी हुने गरेको भन्दै एउटी आमाको छातीको पीडा र ममतामाथि राजनीतिक आक्रमण नगर्न र तुच्छ शब्द बोल्नुअघि हजार...
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई

उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए ।