नेभिगेशन
समाज

रास्वपा केन्द्रीय सदस्य चयनका लागि मतदान सुरु

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि मतदान सुरु भएको छ । 


राति साढे ८ बजे मतदान सुरु गर्ने कार्यतालिका रहे पनि डेटा इन्ट्रीको काम नसकिँदा केही ढिलोगरी मतदान सुरु गरिएको हो । 
मतदानका लागि बढीमा पाँच घण्टा लाग्नसक्ने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


९९ केन्द्रीय सदस्यका लागि ३८४ जनाले उम्मेदवारी दिएका छन् । ती सबैको तस्वीरसहितको डेटा इन्ट्री गरेपछि मतदान सुरु गरिएको हो । 
मतदानका लागि ८० वटा मेसिनको व्यवस्था गरिएको छ । 

Ncell
Extreme Energy


केन्द्रीय सदस्यको मतदान सकिएलगत्तै मतगणना गरी मतपरिणाम सार्वजनिक गरिने र पदाधिकारी निर्वाचनका लागि अर्को कार्यतालिका सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।


विहीबार पदाधिकारी चयनका लागि निर्वाचन हुने छ । महाधिवेशनबाट २ उपसभापति, एक महामन्त्री र ३ सहमहामन्त्री निर्वाचित हुने छन् । निर्वाचित केन्द्रीय सदस्य मात्रै पदाधिकारीको उम्मेदवार बन्न पाउने विधानको व्यवस्था छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...