नेभिगेशन
समाज

नेयमार ९८१ दिनपछि मैदानमा, भिनिसियसको कीर्तिमान

काठमाडौं । ब्राजेलियन फुटबलमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका नेयमार ९८१ दिनमा मैदान फर्किएका छन् । सन् २०२३ को नोभेम्बरमा ब्राजिलबाट अन्तिम खेल खेलेका नेयमार बिहीबार बिहान स्कटल्यान्डविरुद्धको खेलबाट मैदान फर्किएका हुन् । 

नेयमार कमब्याक गरेको समूह ‘सी’ को अन्तिम खेलमा ब्राजिलले स्कटल्यान्डविरुद्ध ३–० को जित निकाल्यो । म्याथ्युस कुन्हाको स्थानमा ७६औं मिनेटमा मैदान प्रवेश गरेका नेयमारले गोल भने गरेनन् । अमेरिकाको हार्डरक मैदानमा ब्राजिलको जितमा भिनिसियस जुनियरले दुई तथा कुन्हाले नै एक गोल थपेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बार्सिलोना हुँदै पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका नेयमारले निरन्तर घाइते भइरहे । त्यसपछि उनी साउदी क्लब अल हिलाल हुँदै बचपनको क्लब सान्तोषमा पुगेका छन् । तर, लगातार घाइते हुँदा विगत दुई वर्षदेखि अन्तर्राष्ट्रिय फुटबलबाट टाढा रहेका थिए । 

Ncell
Extreme Energy

ब्राजिलको टिम हेरिरहेका इटालियन प्रशिक्षक कार्लाे एन्सोलोटीले नेयमारको अनुभव काम लाग्ने बताउँदै टिममा समावेश गरेका हुन् । पहिलो खेलमा मोरक्को र दोस्रो खेलमा हाइटीविरुद्ध नेयमार मैदानमा उत्रन सकेनन् । अन्ततः एन्सोलोटीले ९८१ दिनपछि नेयमारलाई कमब्याक गराएका छन् । 


यता, स्कटल्यान्डविरुद्धको जितमा युवा स्टार भिनिसियसले कीर्तिमान कायम गरेका छन् । उनी पछिल्लो पुस्तामा लगातार विश्वकपको तीन खेलमा गोल गर्ने पाचौं खेलाडी बने । यसअघि सन् १९७० मा जर्जिन्हो, १९९४ मा रोमारियो, २००२ मा रिभाल्डो र रोनाल्डोले यो कीर्तिमान बनाएका थिए । 

भिनिसियसले यो विश्वकपमा मोरक्को, हाइटी र स्कटल्यान्डविरुद्ध नै गोल गरेका छन् । हाइटी र मोरक्कोविरुद्ध समान एक गोल गरेका उनले तीन खेलमा चार गोल गर्न सफल हुँदै गोल्डेन बुटको दाबेदारी दिएका छन् । 

समूहमा लगातार दोस्रो जितपछि ब्राजिल विजेता बन्दै अन्तिम ३२ मा स्थान बनाएको छ । समान ७ अंक भएपनि ब्राजिलले मोरक्कोलाई तीन गोलले पछि पार्याे । स्कटल्यान्डको तीन अंक रहँदा तेस्रो भएर नकआउट पुग्ने सम्भावना अझै बाँकी छ । त्यसकोलागि अन्य टोलीको खेल पर्खनु पर्छ । लगातार तीन खेलमा पराजित भएको हाइटी भने समूह चरणबाट  माथि बढ्न सकेन । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

साउन ३१ गते यी सात स्थानबाट ग्यास वितरण हुने

निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा साउन ३१ गते आइतबार तोकिएका स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री–वितरण गर्ने जनाएको छ। निगमका अनुसार ग्यास खरिदका लागि उपभोक्ताले बिहान ११...
एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

एमाले महासचिव पोखरेलको प्रश्न—‘दोष कसलाई दिने ?’

पोखरेलले सामाजिक सञ्जालमार्फत हिजो सडकका खाल्डा पुर्न नसक्ने, सेवा लिन घण्टौँ लाइन बस्नुपर्ने, समयमा मल नपाइने तथा युवाहरू रोजगारीका लागि विमानस्थलमा लाम लाग्नुपर्ने अवस्थालाई देखाएर नेतृत्व परिवर्तनको माग...
मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले आठ कन्टेनरहरूलाई अलगरअलग स्थानमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। कोरलादेखि मालवस्तु...
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

उनका अनुसार १० जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा आठ जना तर्न सफल भएका र दुई जनालाई बगाएको सूचना प्राप्त भएपछि अहिले खोजतलास सुरु गरिएको छ ।...