नेभिगेशन
मुख्य समाचार

तराईमा तातो हावाको लहर कायमै रहने सम्भावना, विशेष सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) को प्रभाव आज पनि कायमै रहने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागले बिहीबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा तातो लहर चल्ने सम्भावना रहेको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागका प्रवक्ता विभूति पोखरेलले गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा अत्यधिक गर्मीका कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह समेत गरेका छन्।

Ncell
Extreme Energy

विभागको मौसम पूर्वानुमानअनुसार आज धनगढीको अधिकतम तापक्रम ३८ देखि ४० र नेपालगञ्जमा अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ । भैरहवा, वीरगञ्ज, घोराही र सिमरामा तापक्रम ३५ देखि ३८ डिग्री सेल्सियसको हाराहारीमा रहने अनुमान गरिएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा भने मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । काठमाडौँ उपत्यका, पोखरा, धनकुटा, विराटनगर, धरान तथा ताप्लेजुङलगायत क्षेत्रमा वर्षाको सम्भावना छ ।

काठमाडौँ उपत्यकाको आजको अधिकतम तापक्रम २८ देखि ३० डिग्रीसेल्सियस रहने पूर्वानुमान गरिएको छ । विभागले अत्यधिक गर्मीको समयमा बासिन्दालाई दिउँसो अनावश्यक रूपमा घर बाहिर ननिस्कन, प्रशस्त पानी पिउन, हल्का तथा सुती कपडा लगाउन र बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीको विशेष हेरचाह गर्न अनुरोध गरेको छ ।

जलवायुविद्का अनुसार, जलवायु परिवर्तनका कारण पछिल्ला वर्षमा नेपालका तराई क्षेत्रमा तातो लहरको अवधि र तीव्रता बढ्दै गएको छ । त्यसबाट स्वास्थ्य, कृषि तथा जनजीवनमा प्रत्यक्ष प्रभाव देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको बताएका छन् ।
विदेशमा रहेका नेपालीलाई मताधिकार कसरी ? आयोगले बनायो दुई कार्यदल

विदेशमा रहेका नेपालीलाई मताधिकार कसरी ? आयोगले बनायो दुई कार्यदल

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार सुनिश्चित गर्ने विषयमा अध्ययन गर्न निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संयोजकत्वमा कार्यदल बनाएको छ ।
स्थगित भयो रास्वपाको क्लोज क्याम्प

स्थगित भयो रास्वपाको क्लोज क्याम्प

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई दिन लागेको तीन दिने प्रशिक्षण स्थगित भएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रवि लामिछानेले भनेका सात कुरा

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा रवि लामिछानेले भनेका सात कुरा

‘हामी चार महिनादेखि सरकारको नेतृत्व गरिरहेका छौं । तर आवाजहरू उस्तै देखिन्छन्,’ उनले भने, ‘चार महिनाको अवधिमा देशमा उस्तै आवाज, अझ ठूलो आवाज– भएन, सकिएन भन्ने आवाज आउन...