नेभिगेशन
सबै कुरा

माध्यमिक शिक्षा परीक्षा खारेज नगर्न राष्ट्रिय परीक्षा बोर्डका अध्यक्षको सुझाव

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले माध्यमिक शिक्षा परीक्षालाई खारेज गर्न नहुने बताएका छन् । सिंहदरबारमा बिहीबार बसेको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक २०८० माथि भएको छलफलका क्रममा शर्माले माध्यमिक शिक्षा परीक्षा खारेज गर्दा १२ कक्षा पास गर्ने बिद्यार्थीको संख्या घट्न सक्ने र अन्तराष्ट्रिय स्तरमा पनि नेपालको शैक्षिक क्षेत्रमा प्रश्न उठ्न सक्ने भएकाले यसलाई खारेज गर्न नहुने सुझाव दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रस्तावित विधेयकमा कक्षा ८ मा स्थानीय तह र १२ को परिक्षा केन्द्रीय बोर्डले गर्ने उल्लेख छ । अध्यक्ष शर्माले हाल सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षालाई बोर्डले नभई प्रदेश सरकारले सञ्चालन गर्न सक्ने धारणा राखे । अहिले कक्षा १० र १२ को परिक्षाले अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाउने गरेको भन्दै परिक्षालाई व्यवस्थीत तवरले सञ्चालन गर्न सकिने उनको भनाई छ । त्यस्तै शर्माले एउटै शैक्षिक क्यालेन्डर र पाठ्क्रमका आधारमा हुने परिक्षाको मापदण्ड सवै पालीकामा समान हुनुपर्नेमा जोड दिए । 

Ncell
Extreme Energy

समितिले पाठ्यक्रम विकास केन्द्र र राष्ट्रिय परिक्षा बोर्डसँग विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गरेको हो । अर्को बैठकमा विभिन्न विद्यार्थी संघ÷संगठनहरुसँग विधेयकका सन्दर्भमा छलफल हुने समितिले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीबमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण...
अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने...
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेल, राजर्षी जनक...
नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले विभिन्न देशका गरेर नेपालमा हाल एक हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको बताएका...