नेभिगेशन
समाज

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै प्रदर्शनमा उत्रिए सुकुम्बासी (तस्बिरहरु)

काठमाडौँ । वैकल्पिक व्यवस्था नगरी आफूहरुलाई होल्डिङ सेन्टरबाट हटाउन लागेको भन्दै सुकुम्बासीहरूले विरोध प्रदर्शन गरेका छन्। राज्यबाट जबरजस्ती विस्थापन गरिएको भन्दै विभिन्न कम्युनिस्ट घटकहरूले विरोध प्रदर्शन गरेका हुन्। काठमाडौंको माइतीघर मण्डलमा भएको प्रदर्शनमा सहभागीहरूले सरकारले वैकल्पिक व्यवस्थाबिना सुकुम्बासी बस्ती हटाएको आरोप लगाएका छन्। उनीहरूले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीमाथि दमन गरिएको भन्दै तत्काल निष्कासन प्रक्रिया रोक्न र सम्मानजनक पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। प्रदर्शनका क्रममा सहभागीहरूले सरकारविरूद्ध नाराबाजी पनि गरेका थिए। सुकुम्बासीहरूको आवासको अधिकार सुनिश्चित गर्नुपर्ने, वैकल्पिक बसोबासको व्यवस्था नगरी कुनै पनि बस्ती हटाउन नहुने तथा भूमिसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने माग उनीहरुका छन्। विकल्प नदिई हटाइए पुरानै ठाउँमा फर्किने उनीहरुको चेतावनी छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले शुक्रबार सूचना जारी गर्दै होल्डिङ सेन्टर खाली गर्न असार १९ गतेसम्मको समय दिएको छ। गत वैशाखमा काठमाडौं उपत्यकाका नदीकिनारका बस्ती हटाइएपछि त्यहाँका बासिन्दालाई होल्डिङ सेन्टरमा राखिएको थियो।
तस्बिरः नेपाल फोटो लाइब्रेरी 

Sukumbasi-Protest_NPL-(5)-1782472515.jpeg

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Sukumbasi-Protest_NPL-(6)-1782472515.jpeg

Ncell
Extreme Energy

Sukumbasi-Protest_NPL-(7)-1782472515.jpeg

Sukumbasi-Protest_NPL-(4)-1782472514.jpeg

Sukumbasi-Protest_NPL-(1)-1782472513.jpeg

Sukumbasi-Protest_NPL-(2)-1782472513.jpeg

Sukumbasi-Protest_NPL-(3)-1782472514.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

मालवाहक सवारी बाटोमै अलपत्र, चालकलाई खाना र शौचालयको सास्ती (तस्बिर)

काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको नारायणगढ बाइपास, आँपटारी, रामनगर, जुगेडी, मुग्लिन, फिसलिङ र कुरिनटारलगायत क्षेत्रमा मालवाहक गाडीहरूको लामो लाइन लागेको छ । सडक किनारमा गाडी रोकेर...
भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

भोटेकोशी हुँदै त्रिशुलीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोट र धादिङका पक्की पुल

अहिले सडक विभाग र नेपाली सेनाले कतिपय स्थानमा बेलिब्रिज निर्माण तथा सडकको ट्र्याक खोल्ने काम अघि बढाइरहेका छन् । तर स्थायी पुल निर्माण नहुँदासम्म बाढी प्रभावित क्षेत्रका स्थानीयले...
बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग, धमाधम हुँदैछ सामान ढुवानी

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ । एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने ड्रोन...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...