नेभिगेशन
समाज

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

काठमाडौँ । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता करणी गरेको आरोप लागेका एक फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले विशेष सूचना र प्राविधिक अनुसन्धानका आधारमा ती अभियुक्तलाई इलामको सूर्योदय नगरपालिका—१० फिक्कल बजारस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार गत वैशाख २ गते शिवसताक्षी नगरपालिकास्थित झिलझिले क्षेत्रमा खाली जग्गामा नवजात शिशुको शव गाडिएको अवस्थामा फेला परेपछि घटनाको अनुसन्धान सुरु गरिएको थियो ।

Ncell
Extreme Energy

अनुसन्धानका क्रममा पीडित युवतीले आफ्नै बाबुबाट पटक–पटक जबर्जस्ती करणी भएको, त्यसबाट गर्भ रहन गई शिशुको जन्म भएको र बाबुकै सल्लाहमा नवजात शिशुको शव गाडिएको बयान दिएपछि प्रहरीले नवजात शिशु हत्या तथा हाडनाता करणीसम्बन्धी मुद्दा दर्ता गरी आरोपितको खोजी थालेको थियो ।

प्रहरीका अनुसार आरोपित व्यक्ति रोल्पामा कामका लागि जाने भन्दै घरबाट निस्किएका थिए । आफूलाई खोजी भइरहेको थाहा पाएपछि उनी विभिन्न स्थानमा लुक्दै बसिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले असार ३ गते नै आरोपितलाई आफ्नै छोरीसँग होटलमा बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।

उनलाई झापा ल्याएर थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ । पीडित युवतीलाई भने हाल काकडभिट्टास्थित ‘आफन्त नेपाल’ को संरक्षणमा राखिएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पर्वतमा बाढीले पाँच घर बगायो

पर्वतमा बाढीले पाँच घर बगायो

कालीगण्डकीको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से र लस्ती बजारका पाँच घर बगाएको छ भने त्यहाँका कैयौँ घर बाढीको जोखिममा छन् ।
बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गयो

बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गयो

बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ ।
नारायणी र सहायक नदीहरूमा बाढीको उच्च जोखिम, तत्काल सुरक्षित स्थानमा सर्न आग्रह

नारायणी र सहायक नदीहरूमा बाढीको उच्च जोखिम, तत्काल सुरक्षित स्थानमा सर्न आग्रह

बाढी पूर्वानुमान महाशाखाले नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा धेरै माथि पुगेको जनाएको छ ।
राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा भारतको स्थायी सदस्यताको दावेदारीलाई रूसले बलियो समर्थन जनाएको छ ।