नेभिगेशन
समाज

दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ

काठमाडौ । सप्तरीको बलानबिहुल गाउँपालिका–३  टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल गाउँपालिका–३ का ३२ वर्षीय सुभाषकुमार पासमान र सोही स्थानका २२ वर्षीय धर्मेन्द्र सिंह रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी चौकी बेल्हीबाट खटिएको प्रहरी टोलीले बलान बिहुल गाउँपालिका–३ स्थित टिकुलिया–बेल्ही सडकखण्डमा बाँसको (टहरा) मचानमा बसेको अवस्थामा शङ्कास्पद उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता घिमिरेले बताए ।

Marvel
Extreme Energy

उनका अनुसार शरीर खानतलासीका क्रममा सुभाषकुमार पासमानको साथबाट ‘आठ एमएम’ लेखिएको दुई राउन्ड गोली बरामद भएको जानकारी दिए । प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिई खरखजानासम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एसिया कप राइजिङ स्टार्स : भारतसँग २६ रनमै अलआउट भयो नेपाल

एसिया कप राइजिङ स्टार्स : भारतसँग २६ रनमै अलआउट भयो नेपाल

एसिया कप राइजिङ स्टार्स २०२६ मा टिम इन्डिया-'ए' ले नेपाल-'ए' लाई ३०६ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

शनिबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मणिपुरमा विषाक्त मदिरा सेवनका कारण कम्तीमा ११ जनाको मृत्यु, १५० भन्दा बढी अस्पताल भर्ना

मणिपुरमा विषाक्त मदिरा सेवनका कारण कम्तीमा ११ जनाको मृत्यु, १५० भन्दा बढी अस्पताल भर्ना

मणिपुरको चन्देल जिल्लामा बितेको तीन दिनमा कथित रूपमा विषाक्त मदिरा (रक्सी) सेवन गर्दा कम्तीमा ११ जनाको मृत्यु भएको छ।
खैरहनीमा यस वर्ष पनि मेसिनबाट आलु रोपियो, १०० बिघामा खेती

खैरहनीमा यस वर्ष पनि मेसिनबाट आलु रोपियो, १०० बिघामा खेती

चितवनको खैरहनीमा गत वर्षदेखि सुरु गरिएको मेसिनबाट आलु रोप्ने प्रविधिलाई यस वर्ष पनि निरन्तरता दिइएको छ।