नेभिगेशन
फुटबल

फिफा विश्वकपः नर्वेलाई ४–१ ले पराजित गर्दै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह आइको विजेता बन्दै नकाउट चरणमा पुगेको छ ।
अमेरिकाको बोस्ट्न स्टेडियममा सम्पन्न समूहको अन्तिम खेलमा नर्वेलाई ४–१ ले पराजित गर्दै फ्रान्स समूह बिजेता बनेको हो ।

फ्रान्सको लगातार यो तेस्रो जित हो । फ्रान्सले यसअघि सेनेगलाई ३–१ र इराकलाई ३–० ले पराजित गरेको थियो । अठाइस वर्षपछि विश्वकपमा फर्कको नर्वे भने समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । खेलमा डेम्बेलेले खेलको पहिलो हाफको ३२औँ मिनेटभित्रै ह्याट्रिक पुरा गरेका थिए  ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले खेलको सातौँ मिनेटमा  गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको २०औँ मिनेटमा डेम्बेलेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। खेलको २१औँ मिनेटमा नर्वेका लागि थेलो आसगार्डले गोल गर्दै खेलमा फर्काउने प्रयास गरे । तर खेलको ३२औँ मिनेटमा डेम्बेलेले  गोल गर्दै ह्याट्रिक पूरा गर्दै फ्रान्सलाई ३–१ को अग्रता दिलाए ।

Ncell
Extreme Energy

खेलको ५०औँ मिनेटमा नर्वेका योर्गन स्ट्रान्ड लार्सनले पेनाल्टीमा गोल गर्न चुके सकेनन् । त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा फ्रान्सका डिजायर डोएले गोल गरेपछी फ्रान्सले नर्बेमाथी ४–१ को जित निकाल्यो ।

आजै भएको यसै समूहको अर्को खेलमा सेनेगलले इराकलाई ५–० गोलअन्तरको पराजित गर्दै जित हासिल गरेको छ । यससङै समूह आइमा अमेरिकाले नौ अङ्क बटुलेको छ भने नर्बेको ६ अङ्क छ । तेस्तै सेनेगलले तीन अङ्क जोड्दा इराक भने अङ्कबिहीन रहँदै विश्वकपबाट बाहिरियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन भएको छ ।