नेभिगेशन
समाज

प्रकृति र संस्कृतिको अनुपम सुन्दरताले भरिएको हेलम्बु (तस्बिरहरु)

काठमाडौँ । पछिल्लो समय चर्चामा आएको एउटा पर्यटकीय गन्तव्य हो? हेलम्बु । यहाँ निर्माण भइरहेको ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ ले पनि पर्यटकलाई तानिरहेको छ। यसबाहेक पनि यस क्षेत्रमा थुप्रै धार्मिक–सांस्कृतिक तथा पर्यटकीय आकर्षणहरु रहेका छन् । ठाउँ–ठाउँमा बनेका चैत्य, हरियाली वन, हिमाली हावा र हिमशृङ्खलाले यात्रुलाई हरेक पाइलामा नयाँ अनुभूतिसँग साक्षात्कार गराउँछन्। हेलम्बुको नयाँ पर्यटकीय गन्तव्यको रुपमा थपिएको छ–छ्यादी घ्याङ। काठमाडौंबाट मेलम्ची हुँदै छ्यादी घ्याङ पुग्न सकिन्छ। यो ठाउँ हेलम्बु गाउँपालिकामा पर्छ। गएको जेठ अन्तिम साता छ्यादी घ्याङ, हेलम्बु हिमालयन ग्रेट ट्रेल लगायतको पर्यटन प्रवर्धनका लागि काठमाडौंबाट एक टोली त्यसतर्फ गएको थियो। हामी काठमाडौंबाट मेलम्ची हुँदै छ्यादी घ्याङ पुगेका थियौँ। हालसम्म सात किलोमिटर निर्माण भएको हेलम्बु हिमालयन ग्रेट ट्रेलको पदयात्रा रोमाञ्चक रह्यो। केही समयपछि बाटो उकालो जंगलतर्फ लाग्यो । लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्ने यो क्षेत्र घना जंगलले ढाकिएको छ । बाटोमा विभिन्न प्रजातिका रंगीचंगी फूलहरूले स्वागत गरे । डाँडाकाँडा र वन पाखामा फुलेका लालीगुराँस र रंगीबिरंगी लेकाली फूलबीच लुकामारी खेल्दै हिँड्नु निकै रोमान्चक अनुभव रह्यो। केही क्षणका लागि भए पनि जीवनलाई प्रकृति, शान्ति र आध्यात्मिक अनुभूतिसँग जोड्नका लागि हेलम्बु ट्रेल उत्कृष्ट गन्तव्य हो। जहाँ हरेक दृश्यले ऊर्जा थप्छ। सागबारीमा पुगेपछि पानी र असिनाले नराम्ररी चुट्यो। लगभग ९ घण्टाको पदयात्रापछि हामी ठारेपाटी पुग्यौं। ठारेपाटीमा बास बस्नका लागि राम्रा होटलहरू रहेछन्। यो ठाउँबाट प्रसिद्ध गोसाइँकुण्ड जान पनि सकिन्छ। ठारेपाटीबाट थप करिब २ घण्टाको यात्रापछि हामी छ्यादी घ्याङ पुगिन्छ । हेलम्बु गाउँपालिकाले समुद्र सतहबाट ४२०० मिटर उचाइमा रहेको नयाँ पर्यटकीय क्षेत्र छ्यादी घ्याङको फेदीमा २०८३ जेठ २४ मा कार्यपालिका बैठक पनि राखेको थियो। गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाका अनुसार बैठकमा आन्तरिक पर्यटन प्रवर्द्धन, जलवायु परिवर्तनका असर न्यूनीकरण, हिमनदी तथा हिमाली पारिस्थितिक प्रणालीको संरक्षण र दिगो विकासका विषयमा केन्द्रित भएर छलफल भएको थियो। बैठकले प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै पर्यटन विकासका लागि विभिन्न नीतिगत निर्णयसमेत गरेको उनले बताए। उनले भने, ‘हेलम्बुमा अझै धेरै सुन्दर गन्तव्यहरू छन्, जसलाई सही ढंगले विकास गरेर आन्तरिक तथा बाह्य पर्यटनलाई बढावा दिन सकिन्छ।’

तस्बिरः नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Merge_Flower_Helambu_NPL-(1)-1782534692.jpg

Marvel
Extreme Energy

Merge_Flower_Helambu_NPL-(2)-1782534692.jpg

Ghopteghyang-to-Thorepati_Hiking_NPL-PCT_-(20)-1782534690.JPG

Ghopteghyang-to-Thorepati_Hiking_NPL-PCT_-(19)-1782534690.JPG

Ghopteghyang-to-Thorepati_Hiking_NPL-PCT_-(16)-1782534688.JPG

Ghopteghyang-to-Thorepati_Hiking_NPL-PCT_-(18)-1782534689.JPG

Merge_Flower_Helambu-trail_NPL-1782534691.jpg

Ghopteghyang-to-Thorepati_Hiking_NPL-PCT_-(17)-1782534689.JPG

Ghopteghyang-to-Thorepati_Hiking_NPL-PCT_-(15)-1782534687.JPG

Ghopteghyang-to-Thorepati_Hiking_NPL-PCT_-(13)-1782534686.JPG

Ghopteghyang-to-Thorepati_Hiking_NPL-PCT_-(14)-1782534686.JPG

Ghopteghyang-to-Thorepati_Hiking_NPL-PCT_-(12)-1782534684.JPG

Ghopteghyang-to-Thorepati_Hiking_NPL-PCT_-(10)-1782534683.JPG

Ghopteghyang-to-Thorepati_Hiking_NPL-PCT_-(9)-1782534683.JPG

Ghopteghyang-to-Thorepati_Hiking_NPL-PCT_-(11)-1782534684.JPG

Ghopteghyang-to-Thorepati_Hiking_NPL-PCT_-(8)-1782534681.JPG

Ghopteghyang-to-Thorepati_Hiking_NPL-PCT_-(6)-1782534680.JPG

Ghopteghyang-to-Thorepati_Hiking_NPL-PCT_-(3)-1782534678.JPG

Ghopteghyang-to-Thorepati_Hiking_NPL-PCT_-(1)-1782534677.JPG

Ghopteghyang-to-Thorepati_Hiking_NPL-PCT_-(2)-1782534676.JPG

Ghopteghyang-to-Thorepati_Hiking_NPL-PCT_-(4)-1782534678.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

खानी तथा भूगर्भ विभाग र चीन सरकारको चाइना जियोलोजिकल सर्भे (सीजीएस) बीच भएको सहकार्यअनुसार सन् २०१९ देखि दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिएको थियो। नेपाल र चीनबीच सन्...
डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुरा सदरमुकाम खलङ्गामा अवस्थित नेपाल एकीकरण अभियानको महत्वपूर्ण इतिहास बोकेको अमरगढी किल्ला वि.सं. १८४७ मा बडाकाजी अमरसिंह थापाको नेतृत्वमा निर्माण गरिएको थियो ।
लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले...
सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

डग ह्यान्डलर उपशाखामा कार्यरत टीआईसी प्रदीप थापाका अनुसार तालिमप्राप्त कुकुरहरू विपद् तथा सुरक्षा चुनौतीका बेला महत्वपूर्ण रूपमा परिचालन हुँदै आएका छन्। २०७२ सालको भूकम्पमा समेत परिचालन गरिएका कुकुरहरू...

भर्खरै