नेभिगेशन
बजार

मर्स्याङ्दीमा आगामी आर्थिक वर्षदेखि प्रत्येक घरलाई मासिक ५० युनिटसम्म विद्युत् निःशुल्क

लमजुङ । संघीय सरकारले आगामी आर्थिक वर्षदेखि १०० युनिटमाथि पाँच प्रतिशत विद्युत्मा कर लगाउने तयारी गरेका बेला यहाँ मनाङ जिल्लासँग सिमाना जोडिएको लमजुङको मर्स्याङ्दी गाउँपालिकाले भने स्थानीयलाई मासिक निःशुल्क बिजुली उपलब्ध गराउने भएको छ ।

मर्स्याङ्दी गाउँपालिकाले पालिकाका स्थानीयलाई आगामी आवदेखि प्रत्येक घरलाई मासिक ५० युनिटसम्म विद्युत् निःशुल्क दिने भएको हो । मर्स्याङ्दीले आगामी आवको नीति तथा कार्यक्रममा प्रत्येक घरलाई ५० युनिट विद्युत् निःशुल्क प्रस्ताव गरेर २१औँ गाउँसभाले पारित गर्दै लागू गर्न लागेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए । उनका अनुसार गाउँपालिकाले आगामी आवको नीति तथा कार्यक्रममा ‘जलविद्युतको आम्दानी, उज्यालो मर्स्याङ्दीमा लगानी’ कार्यक्रमअन्तर्गत उपभोक्ताले मासिक ५० युनिटसम्मको विद्युत् महसुल निःशुल्क पाउने व्यवस्था गरेको हो । यसका लागि गाउँसभा बाट रु ५५ लाख बजेट विनियोजन गरिएको अध्यक्ष गुरुङले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गाउँपालिकाका अनुसार पालिकाका नौवटै वडामा गरी चार हजार ४०९ घरपरिवार रहेका छन् । गाउँपालिकाले आगामी आवमा विद्युत् रोयल्टीबाट करिब रु चार करोड आम्दानी हुने अनुमान गरेको छ । पालिकाभित्रका हाइड्रोपावरबाट आएको रोयल्टीमध्येबाट उक्त युनिटसम्मको बिजुली गाउँपालिकाले बिजुली महसुल तिर्ने व्यवस्था गरेको प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेलले जानकारी दिए ।

Ncell
Extreme Energy

यस गाउँपालिकाभित्र ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’, ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनासहित आठवटा  विभिन्न आयोजनाबाट करिब १०० मेगावाट विद्युत् उत्पादन भइरहेको छ । बेँसीसहर नगरपालिकासँग जोडिनेगरी ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युतलगायतका आयोजना निर्माणाधीन अवस्थामा छन् । उत्पादन बढेसँगै गाउँपालिकाको रोयल्टी आम्दानी पनि बढ्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष गुरुङका स्वकीयसचिव तथा स्थानीय प्रदीप गुरुङले गाउँपालिकाले लागू गर्न लागेको स्थानीयलाई निःशुल्क ५० युनिटसम्मको बिजुली गाउँपालिकाका ९० प्रतिशत नागरिकले सो युनिटभन्दा पनि कम बिजुली बाल्ने गरेको बताए । पालिकामा अधिकांश ग्रामीण क्षेत्र रहेकाले उद्योगधन्दा न्यून छ, बिजुलीको प्रयोग पनि कम हुँदा उक्त प्रतिशतका स्थानीयले सम्भवतः एक रुपैयाँ पनि महसुल खर्च गर्नु नपर्ने देखिएको उनको भनाइ छ ।

हालसालै सम्पन्न मर्स्याङ्दी गाउँपालिकाको २१औँ गाउँसभा बैठकले आव २०८३/८४ का लागि रु ६८ करोड ७३ लाख १८ हजार ५०० को बजेट सार्वजनिक गरेको छ । यस गाउँपालिकामा १८ हजार ७५९ जनसङ्ख्या रहेको गाउँपालिकाले जनाएको छ । ५० युनिटसम्म बिजुली निःशुल्क हुने भएपछि स्थानीय हर्षित भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
बाढीले क्षतिग्रस्त रसुवामा ७८ प्रतिशत र नुवाकोटमा ९६ प्रतिशत ठाउँमा बिजुली पुग्यो

बाढीले क्षतिग्रस्त रसुवामा ७८ प्रतिशत र नुवाकोटमा ९६ प्रतिशत ठाउँमा बिजुली पुग्यो

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो क्षति पुग्दा विद्युत् अवरुद्ध हुन पुगेका रसुवा र नुवाकोटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् आपूर्ति पुन:सूचारु गर्ने कार्यलाई...
सुखद खबरको पर्खाइमा......

सुखद खबरको पर्खाइमा......

भोटेकोशी बाढीबाट रसुवामा मात्रै तीन हजार सम्पर्कविहीन

भोटेकोशी बाढीबाट रसुवामा मात्रै तीन हजार सम्पर्कविहीन

नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ। ल्हेन्दे खोलामार्फत आएको बाढीका कारण हालसम्म जिल्लामा एक हजार ३१३ जनाको जीवितै उद्धार...
संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छः प्रधानमन्त्री

संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छः प्रधानमन्त्री

बाढीका क्रममा कतिपय आमाबुबाले आफ्नो ज्यानकोसमेत परवाह नगरी कापिरहेका हातले नातिनातिनालाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनुपरेको उल्लेख गर्दै उनले जीवनको उत्तरार्धमा यस्ता कठिन परिस्थिति भोग्नुपरेको बताएका छन् ।...