नेभिगेशन
समाज

अल्टिमा लाइफस्टाइल नेपालकै नम्बर १ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बन्न सफल

काठमाडौँ । नेपाली बजारकाे अग्रणी स्वदेशी ग्याजेट तथा अडियो ब्रान्ड अल्टिमा लाइफस्टाइल (Ultima Lifestyle), बिक्री भोल्युम र बलियो वितरण नेटवर्कका आधारमा आधिकारिक रूपमा नेपालकै नम्बर १ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बन्न सफल भएको छ । नेपालको समग्र स्मार्ट वेयरेबल्स र अडियो बजारमा करिब २०% देखि २५% को बलियो हिस्सा ओगट्दै अल्टिमाले ठूला विदेशी ब्रान्डहरूलाई पछि पारेर स्वदेशी उपभोक्ताको पहिलो रोजाइको ब्रान्डको रूपमा इतिहास रचेको कम्पनीकाे दावी छ । 

ब्रान्डको वृद्धि बढाउने मुख्य उत्पादनका बिक्री:

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इयरबड्स (TWS) र स्मार्टवाच: कुल बजारमा २०% देखि २५% हिस्सा र किफायती बजेट सेगमेन्ट (रु. ३,००० मुनिका इयरबड्स र रु. ५,००० मुनिका स्मार्टवाच) मा ३०% भन्दा बढी को हिस्सा ।

Ncell
Extreme Energy

ब्लुटुथ स्पिकर: 'Soundbox' र 'Dynamite' सिरिजहरूको बलियो उपस्थितिका कारण समग्र स्पिकर विधामा १५% देखि २०% को बलियो बजार हिस्सा । कम्पनीका अनुसार यो उपलब्धि यस्तो समयमा आएको छ, जहाँ समग्र ग्याजेट बजारले आयात नीति र बढ्दो राजस्व/भन्सार शुल्क जस्ता विभिन्न आर्थिक चुनौतीहरूको सामना गरिरहेको छ । यस्तो जटिल अवस्थामा पनि अल्टिमा लाइफस्टाइलले आफनो उत्कृष्ट आन्तरिक व्यवस्थापन, कठोर गुणस्तर परीक्षण मापदण्ड (SOP), र 'Value for Money' (किफायती मूल्यमा प्रिमियम विशेषता) को अवधारणालाई कायम राख्दै चुनौतीहरूलाई बजार नेतृत्वमा परिणत गरेको छ । 

"यो कोसेढुङ्गा केवल अल्टिमाको मात्र होइन, यो समग्र #UltimaArmy र स्वदेशी उत्पादन तथा नेपाली पहिचानलाई विश्वास गर्ने प्रत्येक नेपाली उपभोक्ताको साझा जित हो," अल्टिमा लाइफस्टाइलका प्रतिनिधिले भने ।  

आगामी आर्थिक वर्षमा अल्टिमा लाइफस्टाइलले आफ्नो बजार उपस्थितिलाई अझ व्यापक बनाउने योजना बनाएको छ । क्षेत्रीय टियर-१ वितरकहरू, राष्ट्रिय रिटेल चेनहरू, र दराज लगायत आफनै ई-कमर्स च्यानलहरूको माध्यमबाट देशका कुना-काउन्टरसम्म पुगेको अल्टिमाले छिट्टै नयाँ फिजिकल एक्सपेरियन्स स्टोरहरू र परिष्कृत युनिफाइड मोबाइल एप इकोसिस्टममार्फत ग्राहकहरूलाई अझ उत्कृष्ट प्रविधि सेवा प्रदान गर्ने बताएकाे छ ।

अल्टिमा लाइफस्टाइल नेपालको तीव्र गतिमा अघि बढिरहेको लाइफस्टाइल एसेसरिज ब्रान्ड हो । स्वदेशी प्रविधि बजारलाई नयाँ उचाइ दिने उद्देश्यका साथ स्थापित अल्टिमाले अन्तर्राष्ट्रिय मापदण्डका स्मार्टवाच, इयरबड्स, एसेसरिजहरू नेपाली उपभोक्ताको आवश्यकता र चाहना अनुरूप उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...