नेभिगेशन
समाज

अल्टिमा लाइफस्टाइल नेपालकै नम्बर १ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बन्न सफल

काठमाडौँ । नेपाली बजारकाे अग्रणी स्वदेशी ग्याजेट तथा अडियो ब्रान्ड अल्टिमा लाइफस्टाइल (Ultima Lifestyle), बिक्री भोल्युम र बलियो वितरण नेटवर्कका आधारमा आधिकारिक रूपमा नेपालकै नम्बर १ इन्डिपेन्डेन्ट इलेक्ट्रोनिक्स ब्रान्ड बन्न सफल भएको छ । नेपालको समग्र स्मार्ट वेयरेबल्स र अडियो बजारमा करिब २०% देखि २५% को बलियो हिस्सा ओगट्दै अल्टिमाले ठूला विदेशी ब्रान्डहरूलाई पछि पारेर स्वदेशी उपभोक्ताको पहिलो रोजाइको ब्रान्डको रूपमा इतिहास रचेको कम्पनीकाे दावी छ । 

ब्रान्डको वृद्धि बढाउने मुख्य उत्पादनका बिक्री:

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

इयरबड्स (TWS) र स्मार्टवाच: कुल बजारमा २०% देखि २५% हिस्सा र किफायती बजेट सेगमेन्ट (रु. ३,००० मुनिका इयरबड्स र रु. ५,००० मुनिका स्मार्टवाच) मा ३०% भन्दा बढी को हिस्सा ।

Ncell
Extreme Energy

ब्लुटुथ स्पिकर: 'Soundbox' र 'Dynamite' सिरिजहरूको बलियो उपस्थितिका कारण समग्र स्पिकर विधामा १५% देखि २०% को बलियो बजार हिस्सा । कम्पनीका अनुसार यो उपलब्धि यस्तो समयमा आएको छ, जहाँ समग्र ग्याजेट बजारले आयात नीति र बढ्दो राजस्व/भन्सार शुल्क जस्ता विभिन्न आर्थिक चुनौतीहरूको सामना गरिरहेको छ । यस्तो जटिल अवस्थामा पनि अल्टिमा लाइफस्टाइलले आफनो उत्कृष्ट आन्तरिक व्यवस्थापन, कठोर गुणस्तर परीक्षण मापदण्ड (SOP), र 'Value for Money' (किफायती मूल्यमा प्रिमियम विशेषता) को अवधारणालाई कायम राख्दै चुनौतीहरूलाई बजार नेतृत्वमा परिणत गरेको छ । 

"यो कोसेढुङ्गा केवल अल्टिमाको मात्र होइन, यो समग्र #UltimaArmy र स्वदेशी उत्पादन तथा नेपाली पहिचानलाई विश्वास गर्ने प्रत्येक नेपाली उपभोक्ताको साझा जित हो," अल्टिमा लाइफस्टाइलका प्रतिनिधिले भने ।  

आगामी आर्थिक वर्षमा अल्टिमा लाइफस्टाइलले आफ्नो बजार उपस्थितिलाई अझ व्यापक बनाउने योजना बनाएको छ । क्षेत्रीय टियर-१ वितरकहरू, राष्ट्रिय रिटेल चेनहरू, र दराज लगायत आफनै ई-कमर्स च्यानलहरूको माध्यमबाट देशका कुना-काउन्टरसम्म पुगेको अल्टिमाले छिट्टै नयाँ फिजिकल एक्सपेरियन्स स्टोरहरू र परिष्कृत युनिफाइड मोबाइल एप इकोसिस्टममार्फत ग्राहकहरूलाई अझ उत्कृष्ट प्रविधि सेवा प्रदान गर्ने बताएकाे छ ।

अल्टिमा लाइफस्टाइल नेपालको तीव्र गतिमा अघि बढिरहेको लाइफस्टाइल एसेसरिज ब्रान्ड हो । स्वदेशी प्रविधि बजारलाई नयाँ उचाइ दिने उद्देश्यका साथ स्थापित अल्टिमाले अन्तर्राष्ट्रिय मापदण्डका स्मार्टवाच, इयरबड्स, एसेसरिजहरू नेपाली उपभोक्ताको आवश्यकता र चाहना अनुरूप उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

तर २०८३ साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । र अहिले सर्वोच्चले साउन २६ गतेको एनसेलको प्रतिवेदन सार्वजनिक गर्नेसम्बन्धी निर्णय कार्यान्वयन नगरी...
एनसेलको सेयर खरिद बिक्री छानबिन समितिको प्रतिवेदनमा के छ ? (प्रतिवेदनसहित)

एनसेलको सेयर खरिद बिक्री छानबिन समितिको प्रतिवेदनमा के छ ? (प्रतिवेदनसहित)

समितिको निष्कर्ष छ– सेयर खरिद बिक्री सम्झौता नै वास्तविक र यथार्थपरक छैन ।
एफडीआईको मुख्य बाधक पुँजी होइन, सरकारी झन्झट र अविश्वास

एफडीआईको मुख्य बाधक पुँजी होइन, सरकारी झन्झट र अविश्वास

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउनभन्दा लगानीको प्रतिफल तथा पुँजी फिर्ता लैजान झन् ठूलो प्रशासनिक झन्झट रहेको लगानीकर्ताले बताएका छन् ।
नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत बीवाईडीले नेपालमा सार्वजनिक गर्‍यो ‘एट्टो सिरिज’ को न्यु जेनेरेसन

नाइमा मोबिलिटी एक्स्पो २०२६ मार्फत बीवाईडीले नेपालमा सार्वजनिक गर्‍यो ‘एट्टो सिरिज’ को न्यु जेनेरेसन

बीवाईडी एट्टो १ को डाइनामिक र प्रिमियम दुवै भेरियन्टमा प्रविधि तथा सुविधामा सुधार गरिएको छ। दुवै भेरियन्टमा अब ३६० डिग्री क्यामेरा उपलब्ध हुनेछ। यसले पार्किङ तथा साँघुरो स्थानमा...