नेभिगेशन
समाज

असार १५ को अवसरमा भक्तपुरमा जुजु धौ उत्पादन गर्दै व्यवसायी (तस्बिरहरु)

काठमाडौँ । दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा भक्तपुर–८, च्याम्हासिंहस्थित सैजु जुजु धौमा प्रसिद्ध जुजु धौको उत्पादन अन्य दिनको तुलनामा उल्लेख्य रूपमा बढेको छ। पर्वका कारण माग बढ्ने भएकाले सामान्य दिनको तुलनामा धेरै परिमाणमा दूध जमाएर जुजु धौ तयार गरिएको हो। जुजु धौ बनाउन ताजा दूधलाई आवश्यक तापक्रममा उमालेर चिस्याइन्छ। त्यसपछि दूधलाई प्लास्टिकका बट्टा तथा माटाका भाँडामा राखी आवश्यक मात्रामा निश्चित तापक्रममा जमाउन छाडिन्छ। करिब पाँचदेखि छ घण्टापछि दूध स्वादिष्ट जुजु धौमा परिणत हुने गर्छ। उत्पादकका अनुसार माटाका भाँडाले अतिरिक्त चिस्यान सोस्ने भएकाले जुजु धौको स्वाद, गाढापन र गुणस्तर अझ उत्कृष्ट हुन्छ। यही परम्परागत विधि र शुद्ध दूधको प्रयोगले भक्तपुरको जुजु धौलाई विशेष पहिचान दिलाएको छ। आसार १५ मा दही–चिउरा खाने नेपाली परम्परासँगै जुजु धौको माग हरेक वर्ष उल्लेख्य रूपमा बढ्ने भएकाले बजारको आवश्यकता पूरा गर्न सैजु जुजु धौका कर्मचारीहरू बिहानैदेखि उत्पादनमा व्यस्त रहेका छन्। परम्परागत स्वाद र गुणस्तरका कारण भक्तपुरको जुजु धौ नेपालीहरूको रोजाइमा पर्ने गर्दछ। नेवारी परम्पराअनुसार जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठूलो दुर्घटना पार लागेको अवस्थामा दिइने सगुन होस् या भोज दहीको उपयोग अनिवार्य मानिन्छ । भक्तपुरमा पाँच दर्जनको हाराहारीमा जुजु धौ व्यवसायी छन् ।

तस्बिरः सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

IMG-20260628-WA0440-1782710585.jpg

Ncell
Extreme Energy

IMG-20260628-WA0438-1782710584.jpg

IMG-20260628-WA0436-1782710583.jpg

IMG-20260628-WA0435-1782710582.jpg

IMG-20260628-WA0424-1782710577.jpg

IMG-20260628-WA0429-1782710578.jpg

IMG-20260628-WA0430-1782710579.jpg

IMG-20260628-WA0434-1782710581.jpg

IMG-20260628-WA0428-(1)-1782710577.jpg

IMG-20260628-WA0423-1782710575.jpg

IMG-20260628-WA0420-1782710574.jpg

IMG-20260628-WA0419-1782710573.jpg

IMG-20260628-WA0403-1782710568.jpg

IMG-20260628-WA0415-1782710571.jpg

IMG-20260628-WA0414-1782710571.jpg

IMG-20260628-WA0416-(1)-1782710571.jpg

IMG-20260628-WA0404-1782710569.jpg

IMG-20260628-WA0399-1782710567.jpg

IMG-20260628-WA0393-1782710566.jpg

IMG-20260628-WA0396-1782710566.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...