नेभिगेशन
समाज

असार १५ को अवसरमा भक्तपुरमा जुजु धौ उत्पादन गर्दै व्यवसायी (तस्बिरहरु)

काठमाडौँ । दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा भक्तपुर–८, च्याम्हासिंहस्थित सैजु जुजु धौमा प्रसिद्ध जुजु धौको उत्पादन अन्य दिनको तुलनामा उल्लेख्य रूपमा बढेको छ। पर्वका कारण माग बढ्ने भएकाले सामान्य दिनको तुलनामा धेरै परिमाणमा दूध जमाएर जुजु धौ तयार गरिएको हो। जुजु धौ बनाउन ताजा दूधलाई आवश्यक तापक्रममा उमालेर चिस्याइन्छ। त्यसपछि दूधलाई प्लास्टिकका बट्टा तथा माटाका भाँडामा राखी आवश्यक मात्रामा निश्चित तापक्रममा जमाउन छाडिन्छ। करिब पाँचदेखि छ घण्टापछि दूध स्वादिष्ट जुजु धौमा परिणत हुने गर्छ। उत्पादकका अनुसार माटाका भाँडाले अतिरिक्त चिस्यान सोस्ने भएकाले जुजु धौको स्वाद, गाढापन र गुणस्तर अझ उत्कृष्ट हुन्छ। यही परम्परागत विधि र शुद्ध दूधको प्रयोगले भक्तपुरको जुजु धौलाई विशेष पहिचान दिलाएको छ। आसार १५ मा दही–चिउरा खाने नेपाली परम्परासँगै जुजु धौको माग हरेक वर्ष उल्लेख्य रूपमा बढ्ने भएकाले बजारको आवश्यकता पूरा गर्न सैजु जुजु धौका कर्मचारीहरू बिहानैदेखि उत्पादनमा व्यस्त रहेका छन्। परम्परागत स्वाद र गुणस्तरका कारण भक्तपुरको जुजु धौ नेपालीहरूको रोजाइमा पर्ने गर्दछ। नेवारी परम्पराअनुसार जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठूलो दुर्घटना पार लागेको अवस्थामा दिइने सगुन होस् या भोज दहीको उपयोग अनिवार्य मानिन्छ । भक्तपुरमा पाँच दर्जनको हाराहारीमा जुजु धौ व्यवसायी छन् ।

तस्बिरः सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

IMG-20260628-WA0440-1782710585.jpg

Ncell
Extreme Energy

IMG-20260628-WA0438-1782710584.jpg

IMG-20260628-WA0436-1782710583.jpg

IMG-20260628-WA0435-1782710582.jpg

IMG-20260628-WA0424-1782710577.jpg

IMG-20260628-WA0429-1782710578.jpg

IMG-20260628-WA0430-1782710579.jpg

IMG-20260628-WA0434-1782710581.jpg

IMG-20260628-WA0428-(1)-1782710577.jpg

IMG-20260628-WA0423-1782710575.jpg

IMG-20260628-WA0420-1782710574.jpg

IMG-20260628-WA0419-1782710573.jpg

IMG-20260628-WA0403-1782710568.jpg

IMG-20260628-WA0415-1782710571.jpg

IMG-20260628-WA0414-1782710571.jpg

IMG-20260628-WA0416-(1)-1782710571.jpg

IMG-20260628-WA0404-1782710569.jpg

IMG-20260628-WA0399-1782710567.jpg

IMG-20260628-WA0393-1782710566.jpg

IMG-20260628-WA0396-1782710566.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

सार्क क्षेत्रबाट मात्रै ३०,०८५ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशतको वृद्धि हो । यस क्षेत्रबाट सधैँझैँ भारतले सबैभन्दा ठुलो योगदान दिएको छ । सेप्टेम्बरमा...
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...