नेभिगेशन
समाज

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

नुवाकोट । नुवाकोट र रसुवालाई जोड्ने गरी बेत्रावतीस्थित फलाखु खोलामा ७४ मिटर लामो बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ । नेपाली सेनाले पुलको बेसलाई शुक्रबार रसुवातर्फको एबटमेन्ट (पुलको दुवै भागमा बनाइने कंक्रिट पर्खाल जसले पुललाई मुख्य सडकसँग जोड्छ)मा टेकाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने र रसुवातर्फको आवागमन सहज बनाउने काम अघि बढाउने योजना बनाएको छ ।

Marvel
Extreme Energy

भोटेकोशी बाढीका कारण बेत्रावती क्षेत्रमा आवागमन प्रभावित भएपछि नुवाकोट र रसुवाबीचको सडक सम्पर्क सहज बनाउन बेलिब्रिज निर्माण अघि बढाइएको हो । पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि दुवै जिल्लाका नागरिकलाई आवतजावत गर्न सहज हुनेछ ।

फलाखु खोलाको पुल बाढीले बगाउँदा स्थानीय बासिन्दा तथा यात्रुहरूले आवतजावतमा कठिनाइ भोग्नुपरेको थियो । विशेषगरी दैनिक आवतजावत गर्ने नागरिक, व्यापार व्यवसायमा संलग्न व्यक्ति तथा जिल्लामा आवश्यक सामग्री ढुवानी गर्ने सवारीसाधन प्रभावित भएका थिए ।

तस्बिरः मनिष अर्याल,नेपाल फोटो लाइब्रेरी 

Betrawati-BeliBridge_NPL-(1)-1791543198.jpeg

Betrawati-BeliBridge_NPL-(5)-1791543197.jpeg

Betrawati-BeliBridge_NPL-(3)-1791543194.jpeg

Betrawati-BeliBridge_NPL-(4)-1791543194.jpeg

Betrawati-BeliBridge_NPL-(2)-1791543190.jpeg

Betrawati-BeliBridge_NPL-(7)-1791543190.jpeg

Betrawati-BeliBridge_NPL-(8)-1791543186.jpeg

Betrawati-BeliBridge_NPL-(9)-1791543186.jpeg

Betrawati-BeliBridge_NPL-(10)-1791543181.jpeg

Betrawati-BeliBridge_NPL-(6)-1791543182.jpeg

Betrawati-BeliBridge_NPL-(13)-1791543178.jpeg

Betrawati-BeliBridge_NPL-(11)-1791543178.jpeg

Betrawati-BeliBridge_NPL-(14)-1791543174.jpeg

Betrawati-BeliBridge_NPL-(12)-1791543174.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले...
सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

डग ह्यान्डलर उपशाखामा कार्यरत टीआईसी प्रदीप थापाका अनुसार तालिमप्राप्त कुकुरहरू विपद् तथा सुरक्षा चुनौतीका बेला महत्वपूर्ण रूपमा परिचालन हुँदै आएका छन्। २०७२ सालको भूकम्पमा समेत परिचालन गरिएका कुकुरहरू...
झिलिमिली बत्तीले सिँगारिएका काठमाडौँका मन्दिर

झिलिमिली बत्तीले सिँगारिएका काठमाडौँका मन्दिर

रंगीचंगी बत्तीले उज्यालिएका मन्दिर, सडक र बजारले राजधानीको रात्रिकालीन सौन्दर्य आकर्षक बनाएको छ ।
तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

तिहारअघि नै फुल्याे सयपत्री, चिन्तामा किसान (तस्बिर)

यहाँका किसानले सामूहिक र व्यक्तिगत गरेर १६ रोपनी क्षेत्रफलमा सयपत्री फूल खेती गरेका छन् । कृषक समूहकी अध्यक्ष जितमाया रानाका अनुसार गत वर्ष ६ रोपनीमा सयपत्री लगाइएको थियो...