नेभिगेशन
समाज

नयाँ प्रविधि अपनाउन १३ जिल्लाका स्थानीय तहमा थ्रीजी सेवा बन्द गर्दै एनसेल, ‘भोल्टे’ सेवाको फाइदा लिन ग्राहकहरूलाई आग्रह

काठमाडाैँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले नयाँ प्रविधि अपनाउने र सेवामा स्तरोन्नती गर्ने आफ्नो योजनालाई निरन्तरता दिदै विभिन्न १३ जिल्लाका स्थानिय तहमा थ्रीजी सेवा बन्द गर्ने भएको छ । यसले ‘भ्वाइस ओभर लङ्ग टर्म एभोल्युसन’ (भोल्टे) प्रविधिसँगै फोरजी नेटवर्कलाई झन् बलियो बनाउँदै भ्वाइसका साथै डेटा सेवाको अनुभव अझै परिस्कृत बनाउने कम्पनीले जनाएको छ ।

योसँगै थ्रीजीमा आधारित भ्वाइस सेवा अब फोरजीमा आधारित भोल्टेमार्फत प्रदान हुनेछ । कतिपय ग्राहकले फोरजी चल्ने सिमकार्ड लिएपछि र फोरजी नै चल्ने सेटमा सिमकार्ड प्रयोग गरिरहेका भए पनि थ्रीजी नै चलाइरहेका हुन्छन् । अब भोल्टेको फाइदा लिन ग्राहकले आफ्नो मोबाइलमा भोल्टे सेटिङ्मा भोल्टे अन गर्नु पर्दछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

देशैभर फोरजी नेटवर्क विस्तार गरी फाइभजीका लागि कम्पनीले फ्रिक्वेन्सी मागिरहेको अवस्थामा थ्रीजी नेटवर्क बन्द हुनु नयाँ प्रविधिमा अपग्रेड हुने एक प्रक्रिया हो । यसले उन्नत प्रविधिको प्रयोगसँगै ग्राहकहरूलाई भ्वाइस अनि डेटामा झन् गुणस्तरीय कनेक्टिभिटीको अनुभूति गराउने छ । 

Ncell
Extreme Energy

addae05e-de2b-4726-89a7-4713a6a10c56-1782730417.jpg
एनसेलले आफूले घोषणा गरिएअनुसारै देशभर चरणबद्ध रूपमा थ्रीजी सेवा बन्द गर्ने योजना कार्यान्वयन गर्ने बताउँदै आएको छ । यसै योजना अन्तर्गत पाँच प्रदेशका १३ जिल्लाका २२० भन्दा बढि टावरहरुमा कम्पनीले असार २२ गतेबाट थ्रीजी सेवा बन्द गर्दैछ । कम्पनीले यी जिल्लाका सम्बन्धित स्थानहरुमा बसोबास गर्ने र फोरजीमा अपग्रेड हुन बाँकी ग्राहकहरूलाई भोल्टे सेवा लिनका लागि आग्रह गरेको छ । यसअघि पनि गत माघमा कम्पनीले कोशीका तीन जिल्लाका विभिन्न स्थानियतहहरुमा थ्रीजी बन्द गरेको थियो ।  

थ्रीजी सेवा बन्द हुने स्थानको सुचीमा कोशी प्रदेशको उदयपुर जिल्लाका त्रियुगा, चौदन्डीगढी, वेलका, कटारी,  संखुवासभाका चैनपुर, खाँदबारी, धर्मदेवी, धनकुटाका पाख्रीबास, साँगुरीगढी, भोजपुरका टेम्केमैयुङ र अरुणलगायतका स्थानिय तह रहेका छन् । मधेस प्रदेशको सप्तरी जिल्लाका सप्तकोशी र कन्चनरुप, कर्णाली प्रदेशका रुकुम पश्चिमका चौरजहारी, मुसिकोट, त्रिवेणी, सल्यानका शारदा, छत्रेश्वरी, बागचौरलगायतका स्थानिय तहमा थ्रीजी बन्द हुनेछ ।

यसैगरी लुम्बिनी प्रदेश अन्तर्गत रुकुम पूर्वका सिस्ने, भूमे, रोल्पाका थबाङ, गंगादेवलगायतका स्थानका साथै बागमती प्रदेशको मकवानपुरका हेटौडा, बकैया, मनहरी र राक्सिराङ जस्ता स्थानिय तहहरुमा थ्रीजी सेवा बन्द गर्न लागिएको एनसेलले जनाएको छ । यो सेवा बन्द भएपनि ग्राहकले भोल्टेको फाईदा लिन सक्छन् जसमा एकै समयमा भ्वाइसका साथै मोबाइल ब्रोडब्याण्ड सेवा अहिलेकै शुल्कमा प्रयोग गर्न सक्छन् । 

भोल्टे प्रविधिमा उच्च गुणस्तरको भ्वाइस कल सेवा हुन्छ भने र फोन सम्पर्क पनि तुलनात्मक रुपमा छिटो समयमा नै स्थापित हुन्छ । ग्राहकहरूले गुणस्तरीय भ्वाइस कल अनि फोरजी डेटा उही शुल्कमा प्रयोग गर्न सक्छन् । *१२३*११# डायल गरी भोल्टे सेवा सक्रिय गर्न सकिन्छ। भोल्टे सक्रिय भएपछि ग्राहकहरुले आफ्नो मोबाइल फोनको भोल्टे सेटिङ्मा भोल्टे अन गर्नुपर्ने हुन्छ ।

आफ्नो फोरजी नेटवर्क मार्फत एनसेलले देशैभर भोल्टे सेवा पु¥याइसकेको छ । भोल्टे प्रविधिको लाभ उठाउन फोरजी चल्ने मोबाइल फोन, फोरजी सीमकार्ड वा इ–सिम अनि फोरजी नेटवर्क उपलब्ध स्थानको आवश्यकता पर्दछ । कुन कुन मोबाइल फोन ब्रान्ड अनि मोडलमा यो सेवाको उपभोग गर्न सकिन्छ अनि कसरी भोल्टे सेवा सक्रिय गर्न सकिन्छ लगायतका जानकारी एनसेलको वेबसाइट अनि एनसेल एप मार्फत प्राप्त गर्न सकिने एनसेलले बताएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आहा ! फाँटैभरि पहेँलपुर लहलह धान

आहा ! फाँटैभरि पहेँलपुर लहलह धान

तामाकोशी नदी आसपासका खेतमा पाकेको धानले फाँटहरू पहेँलपुर देखिएका छन् । धानका बाला झुलेसँगै किसानहरूलाई वर्षभरि गरेको मेहनतको प्रतिफल भित्र्याउने चटारो सुरु भएको छ ।
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...
मन्त्र थकालीको खानामा किरा, साढे २ लाख जरिवाना

मन्त्र थकालीको खानामा किरा, साढे २ लाख जरिवाना

खानामा किरा परेको भन्दै उपभोक्ताबाट टेलिफोनमार्फत उजुरी आएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको ‘र्‍यापिड रेस्पोन्स टिम’ र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले शनिबार उक्त...