नेभिगेशन
समाज
असार १५

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ । आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न संघसंस्थाले रोपाइँ गर्दै दही चिउरा खएर त कतै हिलो खेलेर धान दिवस मनाएका छन् । 

तर, चितवनको सौराहामा भने फरक तरिकाले धान दिवस मनाइएको छ । ग्रिन सोसाइटी पब्लिक स्कुलले दिवस नितान्त विद्यार्थीको सिकाइलाई ध्यानमा राखेर मनाएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विद्यालयले धान दिवसको सन्दर्भ पारेर विद्यार्थीलाई धान, खेत र हिलोको महत्त्वबारे बुझायो । त्यसपछि विद्यार्थीले नै धान दिवससम्बन्धी प्रतियोगितात्मक गीत प्रस्तुत गरेका थिए । त्यसपछि सुरु भयो आजको मुख्य आकर्षण धान रोप्ने काम । स्कुल नजिकैको  खेतमा विद्यार्थीले धान रोप्न सिके ।

Ncell
Extreme Energy

विद्यार्थीलाई कार्यालय सहायक दुर्गा खनालले सिकाइ सहजीकरण गरेका थिए । उनले धान रोप्दा बीउ समाउने तरिकादेखि कति दूरीको फरकमा रोप्ने र एउटा गुबोमा कतिवटा धान रोप्ने भनेर सिकाएपछि विद्यार्थीले रोप्न सुरु गरे ।
विद्यार्थीलाई सबै पूर्वतयारीका साथ नियमित व्यावहारिक सीप दिने गरिएको र आजको सिकाइ त्यसैको निरन्तरता भएको स्कुलका अतिरिक्त क्रियाकलाप प्रमुख रोविन अधिकारीले बताए । 

विद्यार्थीहरू उत्साहित हुँदै रोपाइँमा सहभागी भए । यसरी सिकाउँदा आफूलाई बुझ्न सजिलो भएको र काम नै गरेर सिक्दा ज्ञान दिगो हुने अनुभूति भएको विद्यार्थीहरुले बताए । ‘नेपालमा व्यावहारिक शिक्षाको कमी भएको गुनासो आइरहेका बेला विद्यार्थीलाई कृषि कर्मलगायत काम व्यावहारिक रूपमा सिकाउनुपर्छ भनेर कार्यक्रम गरिएको हो’ प्रधानाध्यापक गोपिलाल श्रेष्ठले भने । 

स्कुलका प्रबन्ध निर्देशक शीलाल परियारले यसअघि विद्यार्थीलाई आलु, केराउ रोप्न सिकाएको जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
वर्षाले १० जिल्लाका सडक प्रभावित

वर्षाले १० जिल्लाका सडक प्रभावित

अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् ।
नेपालमै बनेको विद्युतीय 'यात्री पीटू' स्कुटरको कारखाना पुगे अर्थमन्त्री वाग्ले, विश्व बजारमा लैजान सुझाव

नेपालमै बनेको विद्युतीय 'यात्री पीटू' स्कुटरको कारखाना पुगे अर्थमन्त्री वाग्ले, विश्व बजारमा लैजान सुझाव

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहने बताएका छन् ।
जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् ।
नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ ।