नेभिगेशन
समाज

पेट्रोल २०, डिजेल ३० र एलपी ग्याँसको मूल्य १०० रुपैयाँ घट्यो

काठमाडाैँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगम सञ्चालक समितिको मिति २०८३/०३/१६ को निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र एलपी ग्याँस प्रतिसिलिण्डर १०० रुपैयाँले घटेको हो । 

त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ४० र अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर अमेरिकी डलर २६५ ले घटाईएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हाल पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको सुधार स्वरुप इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. १५.०९ ले, डिजेलमा रु. २९.४६ ले, र हवाई इन्धनमा प्रति लिटर रु. २९.४२ ले तथा एल. पि. ग्याँसमा समेत घटेर आएको निगमले जनाएको छ । 

Ncell
Extreme Energy

नयाँ मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, डिजेल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ ५० पैसा पर्नेछ । 

सुर्खेत र दाङ लगायतका क्षेत्रमा पेट्रोल प्रतिलिटर १९६ रुपैयाँ, डिजेल/मट्टितेल प्रतिलिटर १९४ रुपैयाँ पर्नेछ । 

त्यस्तै काठमाडौं, पोखरा र दिपायल लगायत क्षेत्रमा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ, डिजेल/मट्टितेल प्रतिलिटर १९५ रुपैयाँ पर्नेछ । 

त्यस्तै एल.पी. ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ पर्नेछ भने आधा सिलिन्डरको १ हजार ३० रुपैयाँ पर्नेछ । 

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २२९ रुपैयाँ पर्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा ११ वर्षको विशेष वारेन्टी

नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। तर, एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूले यसलाई विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै खरिद...
नाइमा एक्स्पोमा कस्ता कस्ता छन् गाडी ? (तस्बिरहरु)

नाइमा एक्स्पोमा कस्ता कस्ता छन् गाडी ? (तस्बिरहरु)

काठमाडौँको भृकुटीमण्डपमा आयोजित एक्स्पोमा ५५ ब्राण्डका ४० भन्दा बढी मोडल नयाँ सवारी साधन राखिएको छ । एक्स्पोमा चार पांग्रेसँगै दुई पांग्रे सवारीसाधन पनि छन् ।
एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, तीन भाग्यशाली विजेतालाई सुनको बल हस्तान्तरण

एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, तीन भाग्यशाली विजेतालाई सुनको बल हस्तान्तरण

विश्वकप फुटबलको रोमाञ्चलाई नेपाली उपभोक्तासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘स्क्यानमा सुन’ अभियानमा देशभरबाट १ लाख २० हजारभन्दा बढी उपभोक्ताको सहभागिता रहेको थियो । एक्सट्रिम इनर्जी ड्रिंकको क्यानमा रहेको...
बैतडीका १७८ जनालाई घरमै राहदानी

बैतडीका १७८ जनालाई घरमै राहदानी

बितेका तीन महिनामा १७८ जनाले घरमै राहदानी प्राप्त गरेका छन् ।