नेभिगेशन
समाज

पेट्रोल २०, डिजेल ३० र एलपी ग्याँसको मूल्य १०० रुपैयाँ घट्यो

काठमाडाैँ । पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगम सञ्चालक समितिको मिति २०८३/०३/१६ को निर्णय अनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र एलपी ग्याँस प्रतिसिलिण्डर १०० रुपैयाँले घटेको हो । 

त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ४० र अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर अमेरिकी डलर २६५ ले घटाईएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हाल पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्यमा आएको सुधार स्वरुप इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. १५.०९ ले, डिजेलमा रु. २९.४६ ले, र हवाई इन्धनमा प्रति लिटर रु. २९.४२ ले तथा एल. पि. ग्याँसमा समेत घटेर आएको निगमले जनाएको छ । 

Marvel

नयाँ मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा, डिजेल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ ५० पैसा पर्नेछ । 

सुर्खेत र दाङ लगायतका क्षेत्रमा पेट्रोल प्रतिलिटर १९६ रुपैयाँ, डिजेल/मट्टितेल प्रतिलिटर १९४ रुपैयाँ पर्नेछ । 

त्यस्तै काठमाडौं, पोखरा र दिपायल लगायत क्षेत्रमा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ, डिजेल/मट्टितेल प्रतिलिटर १९५ रुपैयाँ पर्नेछ । 

त्यस्तै एल.पी. ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ पर्नेछ भने आधा सिलिन्डरको १ हजार ३० रुपैयाँ पर्नेछ । 

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २२९ रुपैयाँ पर्नेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रतितोला ११ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला ११ हजार ७०० रुपैयाँले घट्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज आइतबार छापावाल सुन प्रतितोला रु दुई लाख ७८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु तीन हजार ९५५ कायम...
आहा ! फाँटैभरि पहेँलपुर लहलह धान

आहा ! फाँटैभरि पहेँलपुर लहलह धान

तामाकोशी नदी आसपासका खेतमा पाकेको धानले फाँटहरू पहेँलपुर देखिएका छन् । धानका बाला झुलेसँगै किसानहरूलाई वर्षभरि गरेको मेहनतको प्रतिफल भित्र्याउने चटारो सुरु भएको छ ।
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...