नेभिगेशन
समाज
रास्वपा बैठक

संस्थापक उपसभापति अर्याललाई निर्वाचित केन्द्रीय समितिको धन्यवाद

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक बस्दा सभापति रवि लामिछानेसँगै हुन्थे– उपसभापति डोलप्रसाद (डीपी) अर्याल । रविको अनुपस्थितिमा त डीपीले नै बैठकको अध्यक्षता गर्थे । कार्यबाहक सभापतिका रुपमा समेत डीपीले पार्टीको नेतृत्व गरे ।

तर, गएको चैत २० यता डीपी रास्वपामा सक्रिय छैनन् । सभामुख चुनिएसँगै उनी दलीय राजनीतिमा सक्रिय छैनन् । आफैं संस्थापक भएर बनाएको पार्टीको पहिलो महाधिवेशनमा समेत उनको सहभागिता रहेन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाधिवेशनमा सहभागी रास्वपाका कैयौं नेता तथा कार्यकर्ताले डीपीलाई सम्झिए । महाधिवेशनका सहभागीहरुले संस्थापक उपसभापति अर्याललाई सम्झिए, महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले पहिलो बैठकमै डीपीलाई सम्झियो ।

Ncell
Extreme Energy

डीपी अर्याललाई ‘मिस’ गरिरहेको महाधिवेशन

पहिलो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुले बुधबार पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा शपथ लिए । शपथ लगत्तै निर्वाचित केन्द्रीय समितिको बैठक बस्यो ।

पहिलो बैठकमै सभापति लामिछानेले संस्थापक उपसभापति (वर्तमान सभामुख) डीपी अर्याललाई सम्झिए र धन्यवाद ज्ञापनको प्रस्ताव राखे ।

‘हाम्रो पार्टीको स्थापनादेखि संगठन विस्तारसम्म र समग्र आन्दोलन तथा अभियानमा संस्थापक उपसभापति डीपी अर्यालको महत्वपूर्ण योगदान छ’ बैठकमा सभापति लामिछानेले भने, ‘हामीले पहिलो बैठकबाट नै उहाँको योगदानको उच्च कदर गर्दै उहाँप्रति धन्यवाद ज्ञापन गरौं।’

सभापति लामिछानेको यो प्रस्तावलाई केन्द्रीय समितिले सर्वसम्मत पारित गर्यो ।

संवैधानिक व्यवस्थाका कारण पहिलो महाधिवेशनमा सहभागी हुन नपाएका डीपी अर्याललाई निर्वाचित केन्द्रीय समितिले पहिलो बैठकमै सम्झियो र उनीप्रति धन्यवाद ज्ञापन गर्यो । रास्वपाका नेताहरुले भनेका छन्– ‘पार्टीमा योगदान पुर्याएकाहरुलाई पार्टीले यसैगरी सम्झिनुपर्छ, जुन अभ्यास सुरु भएको छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसदीय समितिमा आईजीपीको हुर्मत प्रकरण, सांसद खगेन्द्र सुनारलाई के कारवाही हुँदैछ ?

संसदीय समितिमा आईजीपीको हुर्मत प्रकरण, सांसद खगेन्द्र सुनारलाई के कारवाही हुँदैछ ?

निर्वाचन प्रहरी पोशाक खरिद र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको नियमित खरिदमा प्रश्न उठाएर परेको उजुरीले निम्त्याएको संसद र सुरक्षा निकायको मनमुटाव कारवाहीको चरणमा प्रवेश गरेको छ ।
आलोचना दबाएर एमाले बलियो हुँदैन : शम्भु शाह

आलोचना दबाएर एमाले बलियो हुँदैन : शम्भु शाह

नेकपा एमालेका नेता शम्भु शाहले पार्टीभित्र आलोचना र असहमतिका आवाजलाई ‘गुटबन्दी’, ‘खुरापाती’ र ‘अराजकता’का रूपमा चित्रण गरेर दबाउन खोजिएको भन्दै नेतृत्वको आलोचना गरेका छन् ।
झपट रावलले केपी ओलीलाई सोधे चार प्रश्न

झपट रावलले केपी ओलीलाई सोधे चार प्रश्न

नेकपा एमालेका नेता झपट रावलले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै पार्टीभित्रको आन्तरिक लोकतन्त्र, नेतृत्व हस्तान्तरण र वैचारिक बहसबारे चार प्रश्न उठाएका छन् ।
संघर्ष र विद्रोहमा सफल कम्युनिस्टहरू सत्ता सञ्चालनमा किन कमजोर भए? : शंकर पोखरेल

संघर्ष र विद्रोहमा सफल कम्युनिस्टहरू सत्ता सञ्चालनमा किन कमजोर भए? : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्टहरू संघर्ष र विद्रोहमा सफल भए पनि राज्यसत्ता सञ्चालनमा भने आमरूपमा कमजोर देखिएको बताएका छन् ।