नेभिगेशन
समाज

अस्तव्यस्त छ गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, तोकिएको मितिमा निर्माण सम्पन्न नहुने (तस्विरहरु)

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न नहुने देखिएको छ। ठेक्का सम्झौताको म्याद सकिन करिब छ महिना बाँकी रहँदा परियोजनाको करिब ४८ देखि ५० प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ।

Gautam-Buddha_international--Cricket-stadium_Nepal-Photo-Library10-1782976867.jpg
 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भरतपुर महानगरपालिकाले २०८१ असारमा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी हिमालयन कालिञ्चोक–बीबीआर जेभीसँग ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार रङ्गशाला २०८३ पुस २२ गतेभित्र निर्माण सम्पन्न हुनुपर्नेछ।

Marvel
Extreme Energy

Gautam-Buddha_international--Cricket-stadium_Nepal-Photo-Library8-1782976865.jpg
 

हालसम्म एकवटा दर्शक टावरको निर्माण सम्पन्न भएको छ भने अर्को टावरको दोस्रो तलाको ढलान सकिएको छ। चारमध्ये एकवटा प्यारापिट निर्माण सम्पन्न भएको, दुईवटाको ढलान सकिएको तथा अर्को प्यारापिटको निर्माण कार्य जारी रहेको छ।

मैदान निर्माणको काम पनि सुरु भइसकेको छ। मैदानमा पाँचवटा क्रिकेट पिच निर्माण गर्ने तयारी भइरहेको छ। यससँगै मैदानसम्म पुग्ने पहुँचमार्ग, भूमिगत विद्युत् केबल, प्लम्बिङ तथा अन्य आवश्यक पूर्वाधार निर्माणका कामहरू पनि समानान्तर रूपमा अघि बढिरहेका छन्।Gautam-Buddha_international--Cricket-stadium_Nepal-Photo-Library11-1782976868.jpg

निर्माण कार्यलाई निरन्तरता दिन भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि रङ्गशाला निर्माणमा १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। नगरसभाको १९औँ अधिवेशनमार्फत रङ्गशालाको बाँकी निर्माण सम्पन्न गर्न संघीय सरकार र बागमती प्रदेश सरकारसँग सहकार्यलाई निरन्तरता दिने नीति पनि अघि सारिएको छ।Gautam-Buddha_international--Cricket-stadium_Nepal-Photo-Library4-1782976862.jpg

बागमती प्रदेश सरकारले रङ्गशाला निर्माणका लागि बजेट विनियोजन गरे पनि चालु आर्थिक वर्षमा संघीय सरकारले भने यस आयोजनाका लागि बजेट छुट्याएको छैन। यस्तै, महानगरले महानगर क्रिकेट कप र फुटबल लिगलगायत खेलकुद कार्यक्रम सञ्चालनका लागि ६९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।Gautam-Buddha_international--Cricket-stadium_Nepal-Photo-Library2-1782976860.jpg

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण सुरुमा धुर्मुस–सुन्तली फाउन्डेसनले थालेको थियो। आर्थिक तथा व्यवस्थापकीय कठिनाइका कारण निर्माण कार्य रोकिएपछि आयोजना भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको थियो। त्यसपछि महानगरपालिकाले बागमती प्रदेश सरकार तथा संघीय सरकारको सहकार्यमा निर्माण कार्य पुनः अघि बढाएको हो।

Gautam-Buddha_international--Cricket-stadium_Nepal-Photo-Library7-1782976865.jpg

Gautam-Buddha_international--Cricket-stadium_Nepal-Photo-Library5-1782976864.jpg

Gautam-Buddha_international--Cricket-stadium_Nepal-Photo-Library6-1782976864.jpg

Gautam-Buddha_international--Cricket-stadium_Nepal-Photo-Library3-1782976862.jpg

Gautam-Buddha_international--Cricket-stadium_Nepal-Photo-Library4-1782976862.jpg

Gautam-Buddha_international--Cricket-stadium_Nepal-Photo-Library1-1782976860.jpg

Gautam-Buddha_international--Cricket-stadium_Nepal-Photo-Library2-1782976860.jpg

Gautam-Buddha_international--Cricket-stadium_Nepal-Photo-Library7-1782976827.jpgतस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

व्यावसायिक उत्खननको प्रतीक्षामा दैलेखको पेट्रोलियम भण्डार

खानी तथा भूगर्भ विभाग र चीन सरकारको चाइना जियोलोजिकल सर्भे (सीजीएस) बीच भएको सहकार्यअनुसार सन् २०१९ देखि दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गरिएको थियो। नेपाल र चीनबीच सन्...
डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुराको अमरगढी किल्ला (तस्बिरहरु)

डडेल्धुरा सदरमुकाम खलङ्गामा अवस्थित नेपाल एकीकरण अभियानको महत्वपूर्ण इतिहास बोकेको अमरगढी किल्ला वि.सं. १८४७ मा बडाकाजी अमरसिंह थापाको नेतृत्वमा निर्माण गरिएको थियो ।
लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

लक्ष्मी पूजाको रातमा देखिएको झिलिमिली  काठमाडौँ

धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । घरका मूलढोका, झ्याल तथा छतमा रंगीचंगी बत्तीले...
सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

सशस्त्र प्रहरीको डग शाखामा कुकुर तिहार मनाइयो, खोज तथा उद्धारमा खटिने कुकुरको प्रदर्शन

डग ह्यान्डलर उपशाखामा कार्यरत टीआईसी प्रदीप थापाका अनुसार तालिमप्राप्त कुकुरहरू विपद् तथा सुरक्षा चुनौतीका बेला महत्वपूर्ण रूपमा परिचालन हुँदै आएका छन्। २०७२ सालको भूकम्पमा समेत परिचालन गरिएका कुकुरहरू...