नेभिगेशन
सबै कुरा

प्रतिबन्धित लागूऔषध सहित चारजना पक्राउ

काठमाडौँ । प्रहरीले विभिन्न लागूऔषध सहित चारजनालाई पक्राउ गरेको छ । कास्की, बर्दिया, रूपन्देही र कैलालीबाट लागूऔषध गाँजा, खैरो हिरोइन, नुर्फिन, ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीका अनुसार कास्कीको पोखरा महानगरपालिका ३ नदिपुरबाट प्रतिबन्धित लागूऔषध नुर्फिन डाइजेपाम र फेनरागन ७/७ एम्पुल सहित माछापुच्छ्रे गाउँपालिका ४ बस्ने २८ वर्षीय विशाल नेपालीलाई वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । 

Ncell
Extreme Energy

यस्तै बर्दियाको मधुबन नगरपालिका १७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने १ ग्राम १० मिलिग्राम पदार्थ सहित बाँके बैजनाथ गाउँपालिका ३ बनखेत बस्ने २४ वर्षीय नरेश खप्तरी मगरलाई ईप्रका ढोढरीले पक्राउ गरेको छ । यस्तै रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर १ बिर्ताबाट साढे ७ किलो गाजाँ सहित पाल्पा माथागडी गाउँपालिका ५ बस्ने ६४ वर्षिय कुल बहादुर पल्लीलाई अस्थायी प्रहरी चौकी ढेकावरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

यस्तै कैलाली, लम्कीचुहा नगरपालिका १ लम्कीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने ४ सय मिलिग्राम पदार्थ सहित सोही ठाउँमा बस्ने २० वर्षीय कमल शाहीलाई इलाका प्रहरी कार्यालय लम्कीले पक्राउ गरेको छ । पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको नेपाल प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।