नेभिगेशन
सबै कुरा

सोलुखुम्बुमा चार स्काभेटरमा आगजनी, पाँच जना पक्राउ

सोलुखुम्बु । सोलुखुम्बुमा करिब आठ महिनाको अवधिमा चार स्काभेटरमा आगजनी गरिएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिकामा विभिन्न समयमा चार स्काभेटरमा आगजनी गरिएको हो । आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । 

प्रहरी निरीक्षक अनिल मिश्रका अनुसार गत वैशाख ७ गते थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा पालिकाको योजनाअन्तर्गत सडक निर्माण गरेर पार्किङ गरिराखेको बा३क ४४ नम्बरको स्काभेटरमा राति आगजनी भएको थियो । आगजनीबाट रु ४० लाख बराबरको क्षति भएको थियो । यस्तै गत असार ५ गते राति थुलुङ दूधकोशी गाउँपालिका–४ जुबुमा जलेश्वर हाइड्रोपावरको बा२क ४७७८ नम्बरको स्काभेटरमा आगजनी गरिएको थियो । पेट्रोल छर्किएर गरिएको उक्त आगजनीबाट रु ४० लाखबराबरको क्षति भएको प्रहरी निरीक्षक मिश्रले बताए । 

Global Ime Bank

त्यसैगरी गत साउन ४ गते राति सोही स्थानमा जलेश्वर हाइड्रोपावरकै बा२क ९१२१ नम्बरको स्काभेटरमा आगजनी गर्दा रु ८० लाखबराबरको क्षति भएको थियो । यस्तै गत मङ्सिर ३ गते राति थुलुङ दूधकोशी गाउँपालिका–५ जुबुमा जलेश्वर हाइड्रोपावरकै प्रदेश–३–०१–००३ क ६५४४ नम्बरको स्काभेटरमा आगजनी गर्दा रु एक करोड बराबरको क्षति भएको थियो । 

“सबै घटनामा प्रज्ज्वलनशील पदार्थ प्रयोग गरी आगो लगाएको अनुसन्धानबाट खुलेको छ । आगजनीबाट चारवटै स्काभेटरमा पूर्णरूपमा क्षति पुगेको छ”, प्रहरी निरीक्षक मिश्रले भने। आगजनी गरेको आरोपमा  पक्राउ पर्नेमा माप्यदूधकोशी गाउँपालिका–५ का सुवास राई, एक नाबालक, थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिमका हेमन्त राई, एकराज राई र सन्दीप राई पक्राउ परेका छन् । पाँचैजनाविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । घटनामा संलग्न एकजना फरार रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘हटपट’ चाउचाउ न्यून गुणस्तर फेला, बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

‘हटपट’ चाउचाउ न्यून गुणस्तर फेला, बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा नुडल्स प्रालिद्वारा उत्पादन गरिएको ‘हटपट’ ब्रान्डको चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ।
गायिका एलिना चौहानलाई गालीगलौज गर्ने गुञ्जन राई पक्राउ

गायिका एलिना चौहानलाई गालीगलौज गर्ने गुञ्जन राई पक्राउ

गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा गुञ्जन राईलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले चितवन स्थायी घर भई ललितपुरको बाडेगाउँमा बसोबास गर्दै आएका ३३...
नेपाली कांग्रेसबाट नागार्जुनको मेयरमा निर्वाचित मोहन बस्नेत भ्रष्टचारी ठहर, ८ वर्ष ३ महिना कैद

नेपाली कांग्रेसबाट नागार्जुनको मेयरमा निर्वाचित मोहन बस्नेत भ्रष्टचारी ठहर, ८ वर्ष ३ महिना कैद

सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दामा काठमाडौँको नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई विशेष अदालतले ८ वर्ष ३ महिना कैद र २६ करोड २५ लाख रुपैयाँभन्दा बढी सम्पत्ति जफत...
एयरपोर्ट गेट नजिकैको होटलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

एयरपोर्ट गेट नजिकैको होटलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सिरहाको सिरहा नगरपालिका–८ का ४० वर्षिय मोहम्मद अख्तर मिया र धनुषाको कमला नगरपालिका–८ बस्ने ४२ वर्षिय सामन यादवलाई नियन्त्रणमा लिइएको...

भर्खरै