नेभिगेशन
सिधाकुरा विशेष

प्रिय बचेरा तिमीहरूलाई नयाँ संसारमा स्वागत छ ! (तस्बिरकथा)

सहरी परिवेश । फाट्टफुट्ट देखिने रूखहरू । हरियाली पर्यावरण । बाहिर झमझम झरी परिरहेको छ ।

भर्खरै परेको पानीका थोपा उसका प्वाँखमा अडिएका छन् । अब उसले छाड्नु पर्नेछ जीर्ण हुँदै गरेको गुँड । छाड्नु पर्ने छ, आफूसँगै हुर्केका चिरविर गर्दै काका गर्न सिकेका बचेराहरू । 
छाड्नुपर्ने छ, एकाबिहानै वा समसाँझै चारो टिपेर ल्याउने आमाको चुच्चो । छाड्नु पर्नेछ घामपानीबाट ओताउने आमाका प्रिय पखेटाहरू । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो कथा हो, भर्खरै गुँडमा हुर्किएका कागका बचेराहरूको । 

Ncell
Extreme Energy

नेपालको तराईदेखि हिमालसम्म विभिन्न रङ, बान्की, शील स्वभावका कागहरू पाइन्छन् । 

पहाडी तथा मध्यपहाडी क्षेत्रमा भेटिने कागकाे रङ निख्खर कालो हुन्छ । का‍SS गदै आवाज निकाल्छन्, तिनको आवाजले शुभ या अशुभ संकेत गर्छ भन्ने मान्यता छँदै छ । 

सहरी क्षेत्रका कागहरूको रङमा थोरै भिन्नता देखिन्छ । 

सहरी क्षेत्रमा भेटिने प्रायः कागहरू केही प्रजातिका हुन्छन् । 

तीव्र सहरीकरणका कारण कागलाई बासस्थान खोज्न, गुँड बनाउन, बचेरा कोरल्न निकै सकस परेको छ । 

प्रायः कागहरूले अग्ला अग्ला रूखहरूमा झिँजाहरू बटुलेर गुँड बनाउँछन् । र त्यहीँ बचेरा कोरल्छन् ।

सहरको फैलावट, पूर्वाधारको विस्तारसँगै सहरका ठूला रूखहरू मासिँदै गएका छन् । 

रूखहरू नहुँदा चराहरूको बासस्थान पनि लोप हुँदै गएको छ । 

काठमाडौँको सघन सहरी बस्तीबाट केही पर नयाँ नैकाप क्षेत्रमा कागले अण्डा पार्नेदेखि बच्चा कोरल्नेसम्मको नयाँ जीवनचक्रलाई हामीले लेन्समा उतारेका छौँ ।

प्रस्तुत तस्बिर नेपाल फोटो लाइब्रेरीका लागि प्रकाशचन्द्र तिमिल्सिनाले कैद गरेका हुन् । 

यस दृश्यकथामा कागले अण्डा पार्नेदेखि बचेराले प्वाँख हालेर उड्न परिपक्क हुँदासम्मको करिब दुइ महिनाको जीवन चक्रलाई समाविष्ट गरिएको छ । 

साधारणतया, कागले अण्डा पार्नदेखि बच्चा कोरल्नसम्म ५० देखि ६० दिन समय लगाउँछ । 

गृष्मऋतु कागको प्रजननयाम हो । यही याममा कागका बचेराहरूले नयाँ संसार देख्छन् । 

प्रायः काग प्रजातिमा अण्डा पारेपछि भाले र पोथी आलोपालो गरेर ओथारा बस्छन् ।

उनीहरूले १८ देखि २५ दिनको बीचमा बचेरा कोरल्छन । करिब ५ देखि ७ हप्ताको अवधिमा कागका बचेरा गुँडबाट बाहिरि संसारमा पँखेटा फिँजाउन थाल्छन् । 

CROW-1-1783659797.jpg

CROW-2_-1783659797.JPG

CROW-3_-1783659798.JPG

CROW-4_-1783659798.JPG

CROW-5_-1783659798.JPG

CROW-8-1783659799.JPG

CROW-8-1783659799.JPG

CROW-10-1783659800.JPG

CROW-9_-1783659799.JPG

CROW-8-1783659799.JPG

CROW-11-1783659800.JPG

CROW-12-1783659800.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सिधाकुरा विशेष
यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

यसरी मनाइयो नेपाल प्रहरीको ७१औँ स्थापना दिवस (तस्बिरहरु)

नेपाल प्रहरीले आज आफ्नो ७१औँ स्थापना दिवस मनाएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा गृहमन्त्री सुधन गुरुङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए ।
भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

भक्तपुर दरबार स्क्वायरमा तस्बिर खिच्दै चिनियाँ पर्यटक (तस्बिरहरु)

सार्क क्षेत्रबाट मात्रै ३०,०८५ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशतको वृद्धि हो । यस क्षेत्रबाट सधैँझैँ भारतले सबैभन्दा ठुलो योगदान दिएको छ । सेप्टेम्बरमा...
पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखराको सेतीमाथि निर्माणाधीन एक अर्बको 'सिग्नेचर पुल' (तस्बिर)

पोखरा-मुग्लिन सडक आयोजनाअन्तर्गत एसियाली विकास बैंकको सहयोगमा भ्याटसहित १ अर्ब ७ करोड रुपैयाँ  लागतमा बन्दै गरेको यो पुलको ठेक्का रसुवा कन्स्ट्रक्सनले लिएको छ ।
बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

बेत्रावतीमा बेलीब्रिज जडान अन्तिम चरणमा (तस्बिर)

अब डेक (गाडी गुड्ने पाता) बिछ्याउन बाँकी छ । यो काम सक्न बढीमा तीन दिन लाग्ने छ । नेपाली सेनाले घटस्थापना (असोज २६)अघि नै यो बेलीब्रिज सञ्चालनमा ल्याउने...