नेभिगेशन
सिधाकुरा विशेष

प्रिय बचेरा तिमीहरूलाई नयाँ संसारमा स्वागत छ ! (तस्बिरकथा)

सहरी परिवेश । फाट्टफुट्ट देखिने रूखहरू । हरियाली पर्यावरण । बाहिर झमझम झरी परिरहेको छ ।

भर्खरै परेको पानीका थोपा उसका प्वाँखमा अडिएका छन् । अब उसले छाड्नु पर्नेछ जीर्ण हुँदै गरेको गुँड । छाड्नु पर्ने छ, आफूसँगै हुर्केका चिरविर गर्दै काका गर्न सिकेका बचेराहरू । 
छाड्नुपर्ने छ, एकाबिहानै वा समसाँझै चारो टिपेर ल्याउने आमाको चुच्चो । छाड्नु पर्नेछ घामपानीबाट ओताउने आमाका प्रिय पखेटाहरू । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो कथा हो, भर्खरै गुँडमा हुर्किएका कागका बचेराहरूको । 

Ncell
Extreme Energy

नेपालको तराईदेखि हिमालसम्म विभिन्न रङ, बान्की, शील स्वभावका कागहरू पाइन्छन् । 

पहाडी तथा मध्यपहाडी क्षेत्रमा भेटिने कागकाे रङ निख्खर कालो हुन्छ । का‍SS गदै आवाज निकाल्छन्, तिनको आवाजले शुभ या अशुभ संकेत गर्छ भन्ने मान्यता छँदै छ । 

सहरी क्षेत्रका कागहरूको रङमा थोरै भिन्नता देखिन्छ । 

सहरी क्षेत्रमा भेटिने प्रायः कागहरू केही प्रजातिका हुन्छन् । 

तीव्र सहरीकरणका कारण कागलाई बासस्थान खोज्न, गुँड बनाउन, बचेरा कोरल्न निकै सकस परेको छ । 

प्रायः कागहरूले अग्ला अग्ला रूखहरूमा झिँजाहरू बटुलेर गुँड बनाउँछन् । र त्यहीँ बचेरा कोरल्छन् ।

सहरको फैलावट, पूर्वाधारको विस्तारसँगै सहरका ठूला रूखहरू मासिँदै गएका छन् । 

रूखहरू नहुँदा चराहरूको बासस्थान पनि लोप हुँदै गएको छ । 

काठमाडौँको सघन सहरी बस्तीबाट केही पर नयाँ नैकाप क्षेत्रमा कागले अण्डा पार्नेदेखि बच्चा कोरल्नेसम्मको नयाँ जीवनचक्रलाई हामीले लेन्समा उतारेका छौँ ।

प्रस्तुत तस्बिर नेपाल फोटो लाइब्रेरीका लागि प्रकाशचन्द्र तिमिल्सिनाले कैद गरेका हुन् । 

यस दृश्यकथामा कागले अण्डा पार्नेदेखि बचेराले प्वाँख हालेर उड्न परिपक्क हुँदासम्मको करिब दुइ महिनाको जीवन चक्रलाई समाविष्ट गरिएको छ । 

साधारणतया, कागले अण्डा पार्नदेखि बच्चा कोरल्नसम्म ५० देखि ६० दिन समय लगाउँछ । 

गृष्मऋतु कागको प्रजननयाम हो । यही याममा कागका बचेराहरूले नयाँ संसार देख्छन् । 

प्रायः काग प्रजातिमा अण्डा पारेपछि भाले र पोथी आलोपालो गरेर ओथारा बस्छन् ।

उनीहरूले १८ देखि २५ दिनको बीचमा बचेरा कोरल्छन । करिब ५ देखि ७ हप्ताको अवधिमा कागका बचेरा गुँडबाट बाहिरि संसारमा पँखेटा फिँजाउन थाल्छन् । 

CROW-1-1783659797.jpg

CROW-2_-1783659797.JPG

CROW-3_-1783659798.JPG

CROW-4_-1783659798.JPG

CROW-5_-1783659798.JPG

CROW-8-1783659799.JPG

CROW-8-1783659799.JPG

CROW-10-1783659800.JPG

CROW-9_-1783659799.JPG

CROW-8-1783659799.JPG

CROW-11-1783659800.JPG

CROW-12-1783659800.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सिधाकुरा विशेष
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...
खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

खण्डहर बनेको गोदावरी मार्बल (तस्बिर)

नेपालमा खानी तथा खनिज पदार्थबाट आम्दानीको सम्भावना भने प्रशस्त रहेको उनी बताउँछन । उनकाअनुसार धातुजन्य खनिजबाट छिटै लाभ लिन सकिँदैन । त्यसैले सजिलै उत्खनन गर्न सकिने ग्रेनाइट, डोलोमाइट,...
अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

अभिनेत्री शिल्पा शेट्टी पशुपतिनाथमा

बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीले पशुपतिनाथको दर्शन गरेकी छिन् ।  शनिबार बिहान उनी टिम सहित पशुपति दर्शनका लागि पुगेकी थिइन् ।
यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

यस्तो छ सिराहाको अवस्था (तस्बिरहरु)

सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन  सिराहामा चर्किएको छ । आगजनी, लुटपाट हुन थालेपछि नेपाली सेना पनि फिल्डमा उत्रिएको छ ।  गोली लागेर एक जनाको...