नेभिगेशन
समाज

आत्मदाहको प्रयास गरेका गणेश नेपालीको निधन

काठमाडौँ । आत्मदाहको प्रयास गरेका गणेश नेपालीको मृत्यु भएको छ। वीर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार चिकित्सकले गणेश नेपालीको मृत्यु भएको जानकारी उनका दाजु मदन नेपालीलाई दिइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपालीले बिहीबार दिउँसो १ः४५ बजे काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए । 

Ncell
Extreme Energy

२५ वर्षीय नेपाली मुगुको सोरु गाउँपालिका वडा नं ०१  घर भई हाल भक्तपुरमा श्रीमती र एक छोरी सहित बस्दै आएका थिए । उनी पेसाले राइड सेयरिङ(पठाओ) थिए । 

बिहीबार दिउँसो त्रिपुरेश्वरमा बाइक रोकेका बेला काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले मोटरसाइकलमा ‘ह्वील लक’ गरिदिएपछि उनले आफ्नै शरिरमा पेट्रोल खनाएर आत्मदाहको प्रयास गरेका थिए । 

प्रहरीका अनुसार  उनले आफैँले चढेर आएको मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएका थिए । 

घटनास्थलमा खटिएका प्रहरी टोलीले तत्कालै आगो निभाएर उनलाई उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्‍याएको थियो । अस्पतालले उपलब्ध सबै स्रोत साधनबाट उपचार गरेपनि उनलाई जोगाउन नसकिएको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
मनाङ र मुस्ताङमा पहिरोले नदीको बहावमा अवरोध, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मनाङ र मुस्ताङमा पहिरोले नदीको बहावमा अवरोध, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नदीमा बनेको अवरोध जुनसुकै बेला फुट्न सक्ने जोखिम रहेकाले दुवै नदीका तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
हिमलुङ दुर्घटनामा दुई गाइड मृत फेला, सम्पर्कविहीन अन्यको खोजी जारी

हिमलुङ दुर्घटनामा दुई गाइड मृत फेला, सम्पर्कविहीन अन्यको खोजी जारी

हिमलुङ हिमालमा भएको दुर्घटनामा बेपत्ता दुई पर्वतारोहण गाइड मृत फेला परेका छन्। विभिन्न कम्पनीमा कार्यरत १४ जना सहयोगी र दुई जना गाइड सम्पर्कविहीन भएकोमा दुई गाइडको शव फेला...
चार दिनपछि खुल्यो काठमाडौँ (तस्बिरहरू)

चार दिनपछि खुल्यो काठमाडौँ (तस्बिरहरू)

चार दिनदेखि लगातार परेको वर्षापछि आज काठमाडौँ उपत्यकाको मौसम खुलेको छ।
रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण

रास्वपा सांसदका स्वकीय सचिवलाई प्रमुख सचेतक र सचेतकहरूको प्रशिक्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदका स्वकीय सचिवहरूलाई पार्टीका मुख्य सचेतक कविन्द्र बुर्लाकोटी र सचेतकद्व क्रान्तिशिखा धिताल र प्रकाशचन्द्र परियारले विभिन्न विषयमा प्रशिक्षण दिएका छन्।