नेभिगेशन
समाज

गणेशको मृत्यु प्रकरण छानबिन गर्न डीआईजीको नेतृत्वमा छानबिन समिति

काठमाडौँ । सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानविन समिति गठन गरेको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा आत्मदाह घटनाका बारेमा जानकारी गराउदै गृहमन्त्री सुधन गुरुङले उक्त घटनाको छानविनका लागि डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको जानकारी दिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले उक्त घटनाको छानबिन तथा सोधपुछका लागि तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा लिइएको बताए । बोल्ने क्रममा निकै भावुक हुनुभएका गृहमन्त्री गुरुङले नेपालीको जीवनरक्षाका लागि सरकार गम्भीर भएर नै उपचारका लागि भारत लैजाने प्रयास गरेको उल्लेख गरेका थिए ।

Ncell
Extreme Energy

तर चिकित्सकको सल्लाह अनुसार भारत लैजाने अवस्था नदेखिएपछि बीर अस्पतालमा नै चिकित्सकहरुले उपचारको सक्दो प्रयास गरेको उनले बताए ।

आत्मदाह घटनाप्रति बिपक्षी सांसदहरुले गरेको टिप्पणी प्रति गृहमन्त्री गुरुङले आफूलाई स्टन्ट गर्ने इच्छा नभएको भन्दै देशको सेवा गर्न आफु पछि नहट्ने उल्लेख गरे । उनले उक्त घटना संघीय सरकारको कारण नभइ स्थानीय सरकारको नियम पालना गराउने क्रममा घटेको बताए ।

घटनालाई लिएर वर्तमान सरकारलाइ आरोप लगाएको भन्दै उनले नेपालीले आत्मदाह गरेको घटना घटेको स्थानीय तहमा कुन दलको सरकार छ ? भन्दै प्रश्न गरे । त्यस्तै गृहमन्त्री गुरुङले देश बनाउनका लागि सत्तापक्ष र प्रतिपक्षी नभनी सवै एकै ठाउमा उभिनुपर्ने धारणा व्यक्त गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...