नेभिगेशन
समाज

राष्ट्रिय सेवा दल विधेयकमाथि विचार गरियोस् प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

प्रतिनिधिसभाको आजको बैठक प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राखेको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले मुलुकको सैन्यकरण गर्न यो विधेयक नआएको स्पष्ट पारेका थिए । उनले विद्यार्थीलाई दिइने यो तालिमका रुपमा २०२२ सालदेखि सुरु भएको बताए ।

Ncell
Extreme Energy

पछि २०२७ सालमा यससम्बन्धी आएको ऐनलाई समयसापेक्ष बनाउन यो विधेयक ल्याइएको मन्त्री गौतमले बताए । उनले विद्यार्थीमा राष्ट्रभक्तिको भावना जोड्ने विधेयकको उद्देश्य रहेको बताए ।

यसअघि उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरु विक्रमसिंह थापा, प्रकाश पाठक, राजीव खत्री, जनकसिंह धामी, परशुराम तामाङ, नरेन्द्रकुमार केरुङ, सुशील खड्का, भरतप्रसाद पराजुली, कृपाराम राना, प्रदीप विष्ट, शम्भुप्रसाद ढकाल, लिमा अधिकारी आचार्य, गोपाल शर्मा, गणेशबहादुर विश्वकर्मा, नितिमा भण्डारी कार्की, ओजश्वी शेरचन,  लालविक्रम थापा, कृष्णहरि बुढाथोकी, निनुकुमारी कर्र्ण, शुलभ खरेल, हरिप्रसाद भुसाल, साजिदा खातुन सिद्धिकी, रन्जु न्यौपाने, बलावती शर्मा, बदनकुमार भण्डारी, गङ्गालक्ष्मी अवाल, गोविन्द पन्थीले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

बैठकमा यसअघि मन्त्री गौतमले प्रधानमन्त्री शाहको तर्फबाट आर्थिक वर्ष २०८१/८२ का निर्वाचन आयोगको १९औँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदन र राष्ट्रिय महिला आयोगको १८औँ वार्षिक प्रतिवेदन पेस गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठकमा यही असार ३० गते बिहान ११ः०० बजे बस्नेछ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह आज न्युयोर्क जाँदै

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रमा सहभागी हुन मंगलबार न्युयोर्क जाँदैछन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो विदेश भ्रमण हो।
प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिका जाँदै

प्रधानमन्त्री वालेन्द्र शाह आज अमेरिका जाँदै

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघीय महासभाको ८१औँ सत्रमा सहभागी हुन आज अमेरिका जाँदैछन् ।
न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको ईयू र पोल्यान्डका उच्च अधिकारीसँग भेटवार्ता

न्युयोर्कमा परराष्ट्रमन्त्री खनालको ईयू र पोल्यान्डका उच्च अधिकारीसँग भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनालले युरोपेली संघ (ईयू) की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेरा र पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल सिकोरस्कीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।
भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा चार वटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ ।