नेभिगेशन
समाज

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ- परराष्ट्र मन्त्रालय

काठमाडौँ । सरकारले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। 
शुक्रबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएको हो। केही दिनअघि नेपालमा दलाई लामाको जन्मदिन मनाउन सरकारले अनुमति दिएको भन्दै उठेका प्रश्नको जवाफ दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताए । 
प्रवक्ता पौडेलले सरकारले नेपाल आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकको हित विपरित प्रयोग हुन नदिने आफ्नो स्थापित नीतिमा अडिग रहेको बताए 

उनले नेपालले नेपालको भूमि कुनै पनि मित्र राष्ट्रको हित विपरित प्रयोग हुन नदिने बताए। ‘नेपालले आफ्नो भूमि कुनै पनि छिमेकी मुलुकको हित विपरित प्रयोग हुन नदिने आफ्नो स्थापित नीतिमा अडिग छ। हामी हाम्रो भूमि, नेपाली भूमि कुनै पनि मित्र राष्ट्रको हित विपरित प्रयोग हुन नदिने र नहुने विषयमा प्रतिबद्ध छौँ,’ उनले भने, ‘सोही प्रतिबद्धता बमोजिम सरकारको नीति र सरकारको अडान यथावत छ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले एक चीन नीतिमा नेपाल सरकारको नीति र सरकारको अडान यथावत रहेको बताए। 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरला सडक पूर्ण रूपमा अवरुद्ध

कोरलानाका जोड्ने मुस्ताङ गेट नजिकैको घ्याकर खोलामा लेदो र गेग्रानसहितको बाढीले सडक ट्याक पूर्ण रूपमा क्षति भएको प्रहरी निरीक्षक बस्यालको भनाइ छ । कागबेनी देखि चैलेसम्म आधा दर्जन...
विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

विपद्मा भ्रामक सूचना फैलाउने, गोपनीयता भङ्ग गर्ने, कालोबजारी गर्नेहरू निगरानीमाः प्रधानमन्त्री बालेन

ठूला नदीहरूमा पानीको बहाव बढेपछि विभिन्न स्थानमा आवागमनसमेत रोकिएको प्रधानमन्त्री शाहले जानकारी दिए। महाकाली नदीमा जलसतह बढेपछि कञ्चनपुरको गड्डाचौकी हुँदै हुने नेपाल–भारत आवागमन प्रभावित भएको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

विपद् प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन रास्वपाको आग्रह

मौसमको प्रतिकूलता र विपद्को जोखिम अझै पूर्ण रूपमा नटरेको भन्दै रास्वपाले नदी तटीय तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अत्यावश्यक कामबाहेक...