नेभिगेशन
समाज

सोम शर्मा रास्वपाको केन्द्रीय समिति सदस्य निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गण्डकी प्रदेशगत प्रतिनिधित्वतर्फ केन्द्रीय सदस्यको निर्वाचन मत परिणामलाई अन्तिम रुप दिइ उम्मेदवारहरुलाई निर्वाचित घोषणा गर्ने निर्णय गरेको छ । जसअनुसार पवित्रा थापा, मनिष खनाल, सागर भुसाल, सोम शर्मा र विष्णु कुमारी गुरुङ(एकता) लाई निर्वाचित घोषणा गरिएको छ । 

उनीहरुलाई निर्वाचित घोषणा गर्दा पार्टीको केन्द्रीय निर्वाचन आयोगले पार्टीको विधान अनुसार २ ओटा निर्णय गरेको छ । जसमा केन्द्रीय सदस्य चयन गर्दा सर्वाधिक मत प्राप्त गर्ने क्रमअनुसार शीर्ष ४ (चार) जना उम्मेदवारलाई निर्वाचित घोषणा गर्ने र पाँचौं सदस्यका रूपमा सम्बन्धित प्रदेशमा सबैभन्दा बढी जनसंख्या भएको जातीय क्लस्टर समूहका उम्मेदवारहरूमध्ये सर्वाधिक मत प्राप्त गर्ने १ जना उम्मेदवारलाई निर्वाचित घोषणा गर्ने रहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि पूजा बास्तोलाको उजुरीपछि सोम शर्मालाई हटाइएको थियो । आयोगले फेरि शर्मालाई नै कायम राखेको छ । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता

एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फिर्ता

बैठकमा भाग लिन असोज १० गते कतारको राजधानी दोहा प्रस्थान गरेका थिए। यस बैठकले वार्षिक बैठकले अर्थमन्त्री एवं एआईआईबीको गभर्नर परिषद् (Board of Governors) का गभर्नर डा. स्वर्णिम...

भर्खरै