नेभिगेशन
समाज

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डङ्गोल विजयी

काठमाडौँ । ठमेल क्षेत्रभित्रका व्यवसायी तथा घरधनीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी भएका छन् ।

परिषद्को आइतबार सम्पन्न निर्वाचनमा डङ्गोलले प्रश्रय राजभण्डारीलाई पराजित गरेको निर्वाचन अधिकृत हरिप्रसाद पङ्गेनीले जानकारी दिए । डङ्गोलले ७२८ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी राजभण्डारीले ३६५ मत प्राप्त गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

परिषदल्को प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्वितीय उपाध्यक्षमा दावाङ (दावा) तामाङ, तृतीय उपाध्यक्षमा रमेश थापा विजयी भएका हुन् । महासचिवमा पशुपति कँडेल ७२० मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी पुण्यराम लागेजुले ३३३ मत प्राप्त गरे ।

Ncell
Extreme Energy

कार्यसमितिको सचिवमा दिलिप कँडेल, कोषाध्यक्षमा किन्चु लामु भुटिया (श्रेष्ठ) विजयी भएको निर्वाचन अधिकृत पङ्गेनीले बताए । यस्तै, सदस्यहरुमा सुरेन्द्र डङ्गोल, बालकृष्ण खनाल, सानुकाजी महर्जन, रोशन प्रधान (श्रेष्ठ), विश्वमान प्रधान, लिजा मानन्धर, कृष्णबहादुर सेढाईँ र चन्द्रा तामाङ विजयी भएका छन् ।

आगामी दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा कुल एक हजार ३०९ मतदाता रहेको परिषद्को निर्वाचनमा एक हजार २२५ मत खसेको थियो । निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष डङ्गोलले सुरक्षित र व्यवस्थित ठमेल निर्माणमा आफ्नो ध्यान केन्द्रीत हुने बताए ।

उनले पछिल्लो समय अन्तरराष्ट्रिय पर्यटक केन्द्र ठमेललाई प्रविधिसँग जोडेर अगाडि बढ्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बजेटलगायतका समस्या समाधान गर्न मधेश प्रदेशमा कार्यदल गठन

बजेटलगायतका समस्या समाधान गर्न मधेश प्रदेशमा कार्यदल गठन

मधेश प्रदेशसभाको आइतबारको बैठकमा सभामुख रामअशिष यादवले आजैदेखि कार्य प्रारम्भ गर्ने गरी प्रदेशसभा सदस्यहरु उपेन्द्र महतो, हरिनारायण महतो, जंगीलाल राय, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, बिमला अन्सारी तरुन्म र...
सरकारका आधा दर्जन मन्त्री खरिपाटीमा

सरकारका आधा दर्जन मन्त्री खरिपाटीमा

सरकारले सुकुम्बासीलाई व्यवस्थित गर्ने नाममा झनै दुःख दिएको भन्दै आलोचना भइरहेका बेला ६ मन्त्री खरिपाटी पुगेका हुन् ।
दीपाश्रीलाई ब्रेन ट्युमर, गरियो शल्यक्रिया

दीपाश्रीलाई ब्रेन ट्युमर, गरियो शल्यक्रिया

उनलाई केही दिनअघि ब्रेन ट्युमर भएको पत्ता लागेको थियो । अहिले उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ । डाक्टर वसन्त पन्तको टोलीले उनको शल्यक्रिया गरेको हो ।