नेभिगेशन
सबै कुरा

बढ्दो सवारी दुर्घटना बारे अध्ययन गर्न यातायात मन्त्रालयले बनायो कार्यदल

शनिबार एकै दिन विभिन्न सडक दुर्घटनामा २२ जनाले ज्यान गुमाएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ । 

शनिबारका चार दुर्घटनाः २० जनाले ज्यान गुमाए, ३३ जना घाइते

दुर्घटनाका भौतिक र प्राविधिक त्रुटीहरू  पत्ता लगाई दीर्घकालीन समाधानका उपाय खोज्ने कार्यादेशसहित मन्त्रालयका पूर्वसचिव धनबहादुर तामाङको अध्यक्षतामा कार्यदल गठन गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव रघुराम विष्टका अनुसार कार्यदलमा संघीय सडक सुपरीवेक्षण कार्यालय सुर्खेतका श्यामबहादुर खड्का, सवारी अनुगमन मापदण्ड तर्जुमा र सवारी चालक व्यवस्थापन अन्तरप्रदेश समन्वय, अनुसन्धान शाखाका निर्देशक, प्रहरी प्रधान कार्यालय ट्राफिक महाशाखाका प्रतिनिधि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सुरेश श्रेष्ठ सदस्य सचिव रहेका छन् । 

चन्द्रागिरि दुर्घटना : घुम्तीको एउटा ढुङ्गोले खोसेको डा.सृष्टिको सर्वश्व

कार्यदलले विगत एक महिनामा भएका सवारी दुर्घटना, विगतमा भएका कार्यदलका प्रतिवेदन र स्थलगत अध्ययन, सडक दुर्घटनाका कारण तथा सडक दुर्घटना न्यूनीकरण गर्न संस्थागत र प्राविधिक पक्षको विश्लेषण गर्ने जनाइएको छ । 

कार्यदललाई सडक दुर्घटना न्यूनीकरणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायहरू पनि सुझाउन भनिएको विष्टले बताए । कार्यदलले आगामी साताबाट काम गर्ने विष्टले बताए ।

श्रीमानको जन्मघर हेर्न बेलायतबाट बागलुङ पुगेकी सञ्जिता, जसको सपना प्याङ्खोलामा अस्तायो

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फोहोर पानी प्रशोधन केन्द्रमा अनियमितता गरेको आरोपमा अख्तियारद्वारा वीरगंज महानगरमा छापा

फोहोर पानी प्रशोधन केन्द्रमा अनियमितता गरेको आरोपमा अख्तियारद्वारा वीरगंज महानगरमा छापा

अख्तियारमा परेकाे उजुरी अनुसार वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण र वडा नं. १६ का अयुब मन्सुरी लगायतकाे मिलीभगतमा प्रशोधन केन्द्र जानाजानी बन्द गराई...